बैतडी फागुन २८ गते । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँका २१ वर्षीय सुरेन्द्र बिष्टको हत्यामा संलग्न अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
बुधबार दोगडाकेदार ८ कै ४२ वर्षीय स्याल भनेर चिनिने कर्णबहादुर बिष्टलाई प्रहरीले सार्वजनिक गरेको हो । कर्णबहादुरले प्रयोग गरेको भरुवा बन्दुक, गोली, मोवाइल तथा सिम कार्डलगायतका सामानसहित बुधबार सार्वजनिक गरिएको हो ।
गत फागुन १७ गते राति ८ बजेको समयमा गोली प्रहार गरेर कर्णबहादुरले सुरेन्द्रको हत्या गरेका थिए । चालिस हजार रुपैयाँ लेनदेनका बिषयमा विवाद हुँदा कर्णबहादुरले आफ्नै भाइ नाता पर्ने सुरेन्द्रको गोली हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।
फागुन २५ गते नै दोगडाकेदार ८ कै पत्थरखानीको ओढारमा लुकाइछिपाइ गरेको अवस्था झोलाा फेला पारेको र सोही ठाउँमा मंगलबार हत्यामा प्रयोग गरेको बन्दुकसहितका सामग्री फेला परेको प्रहरी नायव उपरीक्षक मिश्रले बताउनुभयो ।
हत्यापछि फरार भएका कर्णबहादुरलाई फागुन २३ गते दार्चुलाको महाकाली नगरपालिका ९ दत्तु नाकाबाट भारततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरेको उहाँले बताउनुभयो ।
अभियुक्तमाथि जिल्ला अदालतबाट फागुन २३ गतेदखि लागु हुने गरी १० दिन म्याद थपेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान भैरहेको छ ।
लेनदेन विवादमा गोली हानी हत्या गर्ने अभियुक्त सार्वजनिक
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
कैलालीमा दसैँ मनाउन गएको मौका छोपी घरबाट सुनचाँदी तथा नगद चोरी
कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियास्थित वनदेवी टोलमा बस्दै आएका एक व्यक्तिको घरबाट ६ तोला सुन, २ तोला चाँदी र नगद गरी लाखौँको धनमाल चोरी भएको छ।









