बैतडी : पाटन नगरपालिका बैतडीको न्यायिक समितिद्धारा क्षमता विकास तालिम आयोजना गरेको छ । कानुनी शिक्षा दिने उद्देश्यले एक दिने तालिमको आयोजना गरिएको न्यायिक समिति संयोजक तथा उपप्रमुख कमलसिह बोहराले बताए ।
क्षमता विकास कार्यक्रममा बैतडी जिल्ला न्यायाधिश हर्क बहादुर क्षेत्रीले न्यायिक समितिले फैसला तथा मेलमिलाप गर्ने मिल्ने मुद्धा, न्यायिक समितिको काम कर्तव्य र अधिकार, विवाह, बहुविवाह सम्बन्ध विच्छेद, धर्मपुत्र, नागरिकता, सम्पती, लगायतका बिषय कानुन सम्बन्धि परामर्श गरेका छन् ।

सामान्य खानेपानी मुहान, जग्गा सिमा, घरकलह, घरेलु हिँसाका मिलमिलाप गर्ने मिल्ने लगायतका बिषय न्यायिक समितिले हेर्ने भएकाले जिल्ला अदालत प्रहरी कार्यालय जानु आवश्यक नभएको जिल्ला न्यायाधिस हर्क बहादुर क्षेत्रीले बताए ।
न्यायीक समिति संयोजक बोहराको अध्यक्षतामा सम्पन्न गरेको प्रमुख अथिती जिल्ला न्यायाधिश क्षेत्री, विशिष्ट अतिथी नगरप्रमुख गौरीसिह रावल रहेका थिए ।
कार्यक्रममा वडा नम्बर १ देखी ६ सम्मका मेलमिलापकर्ता, वडाअध्यक्षसहितका जनप्रतिनिधी, स्वंमसेवीका, समाजसेवी, बिद्यार्थी लगायतको सहभागीता रहेको थियो । क्षमता विकास कार्यक्रममा अधिवक्ताहरु, उत्तम सिह भण्डारी, लक्ष्मी पाण्डेय, कर्णदत्त भट्टले प्रशिक्षक थिए ।
पाटन नगरपालिकाको न्यायिक समितिमा चालु आर्थिक बर्षमा १४ विभिन्न बिषयका मुद्धा दर्ता भएको न्यायिक समिति सदस्य सचिव तर्क भट्टले बताए । जस मध्ये ७ वटा मुद्धा फैसला भईसकेको छन भने बाँकी बिचाराधिनमा छन् ।
न्यायिक समितिले गत बर्ष १० वटै वडाका २२ जनालाई मेलमिलाप सम्बन्धी तालिम दिएको थियो ।









