spot_img

जिल्ला अस्पताल बैतडी व्यवस्थापन समिति अध्यक्षमा क्षेत्री नियुक्त

- Advertisement -

केशव भट्ट, बैतडी। जिल्ला अस्पताल बैतडीको अस्पताल व्यवस्थापन समिति अध्यक्षमा धनबहादुर क्षेत्री (जगदीश) नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले क्षेत्रीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

दशरथचन्द नगरपालिका–३ दुर्गाभवानी निवासी क्षेत्री लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन्।

नवनियुक्त अध्यक्ष क्षेत्रीले प्रदेश सरकारले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।

यस्तै, समितिको सदस्यमा तुलसी ठगुन्ना, बलबहादुर बिष्ट र रोशन बोहरालाई पनि नियुक्त गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img