spot_img

आज रामनवमी पर्व, भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गरी मनाइँदै

- Advertisement -

केशव भट्ट, बैतडी,चैत्र १३ गते । चैत्र शुक्ल नवमीका अवसरमा मनाइने रामनवमी पर्व आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ भगवान् श्रीरामचन्द्रको पूजा–आराधना गरी मनाइँदैछ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्याका सुपुत्रका रूपमा जन्मिएका श्रीरामलाई विष्णुको सातौँ अवतार मानिन्छ । पुनर्वसु नक्षत्र र कर्कट लग्नमा जन्मिएका श्रीरामलाई ‘मर्यादा पुरुषोत्तम’का रूपमा सम्मान गरिन्छ ।

उनले दुष्ट राक्षसी प्रवृत्तिको अन्त्य गरी आदर्श शासन व्यवस्था ‘रामराज्य’ स्थापना गरेको धार्मिक विश्वास छ ।पर्वका अवसरमा देशभरका राम मन्दिरहरूमा बिहानैदेखि पूजापाठ, जप, ध्यान तथा भजनकीर्तन भइरहेको छ ।

विशेषगरी जनकपुरस्थित रामजानकी मन्दिरमा नेपाल तथा भारतबाट आएका भक्तजनको ठूलो घुइँचो लागेको छ । त्यस्तै भारतको अयोध्यामा पनि रामलीला प्रदर्शनसहित भव्य रूपमा उत्सव मनाइँदैछ ।

धर्मशास्त्रविद्हरूका अनुसार रामनवमी पर्वले सत्य, अनुशासन र मर्यादामा आधारित जीवनयापनको सन्देश दिन्छ । रामराज्यजस्तै सुशासन र जनताको हितमा केन्द्रित शासन व्यवस्था स्थापना हुनुपर्ने सन्देश यस पर्वले दिन्छ ।

शास्त्रीय मान्यताअनुसार आजका दिन व्रत बसी भगवान् श्रीरामको पूजा–आराधना, जप र ध्यान गरेमा मनोकामना पूरा हुने तथा पुण्य प्राप्त हुने विश्वास छ । ‘व्रतार्क’ लगायतका ग्रन्थमा यस दिन उपवास गरी पूजा गर्दा पाप नाश भई वैकुण्ठ प्राप्त हुने उल्लेख गरिएको छ ।

परम्पराअनुसार आजका दिन पवित्र नदी, ताल तथा कुण्डमा स्नान गरी रामायण वाचन, रामगीता पाठ र रातभरि भजनकीर्तन गर्ने चलन रहिआएको छ। रामनवमी पर्वले असत्यमाथि सत्यको विजयको सन्देश दिँदै धार्मिक, सांस्कृतिक र सामाजिक रूपमा विशेष महत्व राख्दछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img