spot_img

बैतडीमा चार हजार ५५१ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने

- Advertisement -

बैतडी, चैत ५ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि बैतडीमा तीव्र तयारी भइरहेको छ। जिल्लाभरबाट चार हजार ५५१ जना विद्यार्थी परीक्षा दिन तयारी अवस्थामा रहेका छन्। आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा जिल्लाका १४२ वटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।

नियमिततर्फ एक हजार ९६३ छात्र र एक हजार ९५८ छात्रा गरी कुल तीन हजार ९२१ जना सहभागी हुनेछन् भने ग्रेडवृद्धितर्फ २५६ छात्र र ३७५ छात्रा गरी ६३१ जना विद्यार्थी परीक्षा दिने भएका छन्।

शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख रामचन्द्र भट्टका अनुसार परीक्षालाई व्यवस्थित बनाउन जिल्लाभर २६ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ।

ती केन्द्रमध्ये सबैभन्दा बढी ३२० परीक्षार्थी अर्जुन माध्यमिक विद्यालय, गाँजरी केन्द्रमा सहभागी हुनेछन् भने सबैभन्दा कम ८६ जना परीक्षार्थी सनातन धर्म माध्यमिक विद्यालय, खोचलेक केन्द्रमा रहनेछन्।

जिल्लाका सातवटै प्राविधिक विद्यालयका विद्यार्थीका लागि भने पाटनस्थित भीमदत्त बहुप्राविधिक शिक्षालयमा विशेष परीक्षा केन्द्र तोकिएको छ।

परीक्षालाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी तीव्र पारिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ। जिल्लाभर परीक्षा केन्द्रहरूमा सुरक्षा, व्यवस्थापन र अनुगमनलाई सुदृढ बनाउने काम अघि बढाइएको छ।

एसइईलाई विद्यार्थीको शैक्षिक यात्राको महत्वपूर्ण खुड्किलोका रूपमा लिइने भएकाले यस वर्ष पनि बैतडीमा परीक्षा व्यवस्थापनमा विशेष ध्यान दिइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img