spot_img

निर्वाचित सांसद भण्डारी घरदैलोमा, गाउँ–गाउँ पुगेर जनताका समस्या सुन्दै

- Advertisement -

केशव भट्ट,बैतडी । बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका भण्डारी यतिबेला जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनतासँग भेटघाटमा व्यस्त हुनुभएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुनुभएका उहाँ बैतडीका दुर्गम तथा ग्रामीण बस्तीहरूमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै जनताका समस्या सुन्ने कार्यमा जुट्नुभएको हो।

निर्वाचनअघि प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरेको स्मरण गर्दै उहाँले अहिले जनतालाई धन्यवाद दिनुका साथै उनीहरूको समस्या बुझ्न पुनः गाउँ–गाउँ पुगिरहेको बताउनुभयो।

ग्रामीण क्षेत्रका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्ने उहाँको भनाई छ ।

आफू सम्पूर्ण जिल्लावासीको प्रतिनिधि तथा अभिभावक भएको उल्लेख गर्दै उहाँले जस्तोसुकै समस्या पर्दा निसंकोच आफूलाई सम्झन स्थानीयलाई आग्रह गर्नुभएको छ ।

जिल्लामा पूर्वाधार विकास, विद्युत् विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सुधार ल्याउन आफू प्रतिबद्ध रहेको उहाँले बताउनुभयो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img