spot_img

बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो

- Advertisement -

वाशुलिङ बैतडी, माघ २५ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै बैतडीमा साढे तीन सयभन्दा बढी भरुवा बन्दुक फिर्ता गरिएको छ ।

शनिबारसम्म जिल्ला प्रहरी कार्यालय बैतडीमा ३ सय ८७ नाल इजाजतप्राप्त भरुवा बन्दुक बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिनुभयो । 

बन्दुकमा प्रयोग हुने गोली भने हालसम्म कसैले पनि फिर्ता नगरेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालयले माघ ६ गते सूचना प्रकाशित गर्दै माघ २० गतेसम्म इजाजत प्राप्त सबै हातहतियार र गोलीगट्ठा फिर्ता बुझाउन निर्देशन दिएको थियो । तर तोकिएको अवधिभित्र सबै हातहतियार फिर्ता नआएपछि थप सूचना प्रकाशित गर्दै म्याद थप गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

निर्वाचन लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न विभिन्न व्यक्तिका नाममा रहेका इजाजत प्राप्त हात हतियार फिर्ता बुझाउन सूचना मार्फत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img