केशव भट्ट बैतडी । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवार चतुरबहादुर चन्दको नेतृत्वमा जिल्लाभर मतदाता भेटघाट अभियान तीव्र बनाएको छ।
अभियान माघ १४ गतेदेखि पुर्चौडी नगरपालिका–१०, विजयपुरबाट सुरु भएको हो।
अभियानअन्तर्गत टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आँउने नेपाली कांग्रेस बैतडीका उपसभापति वीरबहादुर बिष्टले जानकारी दिनुभयो ।
भेटघाटका क्रममा मतदाताका गुनासा, समस्या, आवश्यकता र विकासका अपेक्षाबारे जानकारी संकलन गरिने उहाँले बताउनुभयो।
प्रचार–प्रसार तालिकाअनुसार माघ १४ गते विजयपुर र तलादेहीमा कार्यक्रम सञ्चालन गरिएको छ भने माघ १५ गते मालादेही र कोटिला, माघ १६ गते हाट र भुमिराज, माघ १७ गते कुवाकोट र मालिका मन्दिर क्षेत्र, तथा माघ १८ गते साँफेबजार आसपासका वडामा भेटघाट कार्यक्रम तय गरिएको छ।
कांग्रेसले यो अभियानमार्फत जनताको आवाजलाई प्रत्यक्ष रूपमा बुझेर आगामी कार्यदिशा तय गर्ने र पार्टी तथा मतदाताबीचको सम्बन्ध थप सुदृढ बनाउने विश्वास लिएको जनाएको छ।












