निर्वाचन सुरक्षामा कडाइ, बैतडीमा इजाजत प्राप्त हातहतियार बुझाउन प्रशासनको निर्देशन

- Advertisement -

केशव भट्ट, , माघ ७ गते ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सुरक्षित, स्वच्छ र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन बैतडी प्रशासनले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। सोही क्रममा जिल्ला प्रशासन कार्यालय बैतडीले व्यक्तिगत नाममा इजाजत प्राप्त हातहतियार अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।

व्यक्तिका नाममा दर्ता रहेका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगट्ठा माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले बताउनुभयो । निर्वाचनको निष्पक्षता र मर्यादा कायम राख्न यस्तो निर्णय गरिएको उहाँले बताउनुभयो।

निर्देशनअनुसार तोकिएको समयभित्र इजाजत प्राप्त हातहतियार नबुझाए प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ। बुझाइएका हातहतियार निर्वाचन सम्पन्न भएपछि चैत २० गतेपछि सम्बन्धित धनीलाई फिर्ता गरिने जनाइएको छ।

यता जिल्ला निर्वाचन कार्यालय बैतडीले पनि निर्वाचनको तयारी तीव्र पारेको जनाएको छ। एक निर्वाचन क्षेत्र रहेको बैतडीमा १२ जनाको उम्मेदवारी दर्ता भइसकेको छ।

जिल्लामा २१४ मतदान केन्द्र र १२९ मतदानस्थल कायम गरिएका छन् भने एक लाख ५६ हजार ३७२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीले जानकारी दिनुभयो।

सेयर गर्नु हाेस

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ट्रेन्डिङ

बाशुलिङ्ग विषेश