spot_img

बैतडीमा प्रतिनिधिसभा निर्वाचन : एमालेका दामोदर भण्डारीद्वारा उम्मेदवारी दर्ता

- Advertisement -

बैतडी — फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट नेकपा (एमाले) का तर्फबाट दामोदर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्गलबार बिहान पौने १२ बजे भण्डारीले उम्मेदवारी दर्ता गराएका हुन्।
भण्डारी यसअघि प्रतिनिधिसभा निर्वाचनमा लगातार तीन पटक विजयी भइसकेका नेता हुन्। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनले ३३ हजार ६११ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको संयुक्त गठबन्धनका नरेन्द्र कुँवरले ३२ हजार ८० मत प्राप्त गरेका थिए।
कुँवरलाई १ हजार ५३१ मतले पछि पार्दै भण्डारीले प्रतिनिधिसभा सदस्यमा लगातार तेस्रो पटक विजय हासिल गरेका थिए।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img