spot_img

दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि श्रीकेदार मावि पिपलकोटलाई

- Advertisement -

बैतडी । दोगडाकेदार गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकेदार मावि पिपलकोटले जितेको छ। लवलेक खेलमैदानमा सम्पन्न रनिङ शिल्डमा पिपलकोटले ११ स्वर्ण, ४ रजत र ८ कास्यसहित उपाधि जितेको हो। यो सँगै गाउँपालिकास्तरीय रनिङ शिल्ड श्रीकेदारले हात पारेको छ।

यस्तै सात स्वर्ण र एक कास्यसहित रौलेश्वर मावि कालागाउँ दोस्रो र ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित भगवती मावि सित्तड तेस्रो भएको छ। पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद प्राप्त गरेका छन्। गत शुक्रबारदेखि सञ्चालन भएको गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डमा पालिकाका ११ माविको सहभागिता रहेको थियो।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img