spot_img

नेपाली सेनाद्वारा देवलहाटको ऐतिहासिक पिपल चौतारो पुनः निर्माण

- Advertisement -


वाशुलिङ बैतडी, पुस २९ गते ।
नेपाली सेनाले बैतडीको दशरथचन्द नगरपालिका–४ देवलहाटमा रहेको ऐतिहासिक पिपल चौतारोलाई पुनः निर्माण गरी स्थानीय समुदायलाई हस्तान्तरण गरेको छ ।

नेपाल एकीकरणकालीन इतिहास बोकेको उक्त चौतारो र त्यहाँ रहेको शिलालेखलाई व्यवस्थित गर्दै बैतडीस्थित श्रीबक्स गुल्मले संरक्षण तथा पुनःनिर्माण कार्य सम्पन्न गरेको हो । नेपाली सेनाको शीघ्र प्रभावी योजना अन्तर्गत ऐतिहासिक महत्व बोकेको चौतारो पुनःनिर्माण गरिएको र सोही स्थानमा रहेको बामुनी आमा मन्दिर जाने बाटोसमेत निर्माण गरिएको श्रीबक्स गुल्मका गुल्मपति सफल थापाले जानकारी दिनुभयो ।

नेपाल एकीकरणको क्रममा भारतको अल्मोडा नजिक अंग्रेजसँगको लडाइँमा वीरगति प्राप्त गरेका हस्तिदल शाह र उनका छोरा नन्दुको काजक्रिया यही पिपलको रुखमुनि गरिएको शिलालेखमा उल्लेख छ ।

साके संवत १७३७ मा वीरगति प्राप्त गरेपछि हस्तिदल शाहकी श्रीमती सति गएको र महाकाली नदीमा दाहसंस्कार गरिएपछि काजक्रिया यही स्थानमा गरिएको बताइन्छ ।

ऐतिहासिक, पौराणिक तथा सांस्कृतिक महत्व बोकेको यस क्षेत्रमा कुल्लेककोट र सप्तदेवलजस्ता स्थलहरू पनि रहेका छन । जीर्ण अवस्थामा रहेको चौतारो र बाटो पुनः निर्माण भएपछि स्थानीयवासी खुसी भएका छन । स्थानीय उद्वब मार्कन्डले अब यहाँ गौरा पर्व, मेला तथा सार्वजनिक छलफल गर्न सहज हुने बताउनुभयो ।

पुनःनिर्माण गरिएको ऐतिहासिक पिपल चौतारो स्थानीयलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको नेपाली सेनाले जनाएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img