back to top
Home प्रदेश समाचार ओखलेश्वर सहकारी संस्थाले मनायो पहिलो बार्षिक साधारण सभा

ओखलेश्वर सहकारी संस्थाले मनायो पहिलो बार्षिक साधारण सभा

0
145

बैतडी – पाटन नगरपालिका–९ स्थित रहेको श्री ओखलेश्वर बहुउद्धेश्यीय कृषि सहकारी संस्था लिमिटेडले पहिलो वार्षिक साधारण सभा आज एक भव्य समारोहका बीच सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि पाटन नगरपालिकाका नगर प्रमुख गौरी सिह रावल ले सहकारी संस्थाले स्थानीय आर्थिक विकास, बचत तथा ऋण प्रवाहमार्फत सदस्यहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले पारदर्शिता, सुशासन र सदस्य–केन्द्रित सेवा नै सहकारीको मुख्य आधार भएको उल्लेख गर्नुभयो।

उक्त सभामा संस्थाका अध्यक्ष प्रेम सिह भाट ले संस्थाको बार्षिक निति तथा कार्यक्रम, महासचिव धन बहादुर महराले संस्थाको बार्षिक प्रगती प्रतिवेदन, कोषाध्यक्ष हिरा भाटले आर्थिक प्रतिवेदन, अर्जुन सिह बिष्टले लेखा समिति प्रतिवेदन, मदन सिह भाटले ऋण समितिको प्रतिवेदन र कृष्ण सिह महराले शिक्षा समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको हालसम्मको प्रगति, उपलब्धि तथा आगामी योजना सहित आगामी आर्थिक बर्षका लागि अति आवश्यक ९ वटा प्रस्तावहरु सभाले सर्वसम्मतिले पारित गरेका संस्थाका सदस्य मदन सिह भाटले बताउनु भयो।

२०८१ साल जेठ १५ गतेका दिन १७ औं गणतन्त्र दिवशको अवसरमा स्थापना गरिएको उक्त सहकारी संस्थामा ४६१ जना शेयर सदस्य रहेको संस्थाका सदस्य असोक महराले बताउनु भयो ।
संस्थाले कृषि क्षेत्रमा काम गर्ने, सदस्यको नियमित बचत संकलन, बाल बचत संकलन र ऐच्छिक बचत संकलन गर्दै आएको संस्थाका सदस्य धन सिह भण्डारीले बताउनु भयो ।
संस्थाको कुल शेयर पूँजी ३० लाख २८ हजार चार सय, बचत संकलन २७ लाख ३८ हजार चार सय चवालिस रहेको संस्थाका सदस्य श्री मथुरा साउद महराले बताउनु भयो ।

साधारण सभामा विभिन्न सुझाव, छलफल तथा निर्णयहरू पनि गरिएको थियो। कार्यक्रममा संस्थाका संस्थापक शेयर सदस्य, अधिकतम बचत कर्ता, अधिकतम शेयर खरिद कर्ता र सहकारीलाई विशेष योगदान गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा छिमेकी वडाबाट समेत जनप्रतिनिधीहरु, विभिन्न क्षेत्रका अगुवा व्यक्तिहरु र संस्थाका शेयर सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको संस्थाका शेयर सदस्य थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here