back to top
Home मुख्य समाचार बाढी–पहिरो पीडितलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सतबाँज शाखाको २ लाख सहयोग

बाढी–पहिरो पीडितलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सतबाँज शाखाको २ लाख सहयोग

0
277

केशव भट्ट,बैतडी ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सतबाँज शाखाले बाढी–पहिरोका कारण घरबारविहीन बनेका परिवारलाई २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सुर्नया गाउँपालिका–२ मा अविरल वर्षासँगै खसेको ठूलो पहिरोबाट प्रभावित दुई परिवारलाई घर पुनर्निर्माणमा सहयोग पुगोस भन्ने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको बैंककका शाखा प्रवन्धक गोविन्द बहादुर बिष्टले जानकारी दिनुभयो ।

सुर्नया गाउँपालिका वडा नं. २ का अध्यक्ष गणेश बहादुर बिष्ट मार्फत प्रति परिवार १–१ लाख रुपैयाँका दरले श्री रेखा चन्द र श्री ग्रिस चन्दका परिवारलाई चेक हस्तान्तरण गरिएको बिष्टले जानकारी दिनुभयो ।

गत २०८२ साल भदौ १५ गते दिउँसो करिब २ः३० बजे निरन्तर वर्षाका कारण घरमाथिबाट ठूलो पहिरो खस्दा घरसहित घरभित्र रहेका अन्नपात, लत्ताकपडा, पशुचौपाया तथा कृषि योग्य जमिनसमेत बगाएको थियो।

उक्त प्राकृतिक विपत्तिले पीडित परिवारलाई गम्भीर संकटमा पारेपछि बैंकले समाजिक उत्तरदायित्व अनुसार सहयोग गरेको जनाएको छ।

मुलुकमा विपत्ति आइपर्दा बैंकको केन्द्रीय कार्यालय तथा यसका विभिन्न शाखाहरूले विगतदेखि नै पीडितको राहत र पुनर्स्थापनामा सहयोग गर्दै आइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here