केशव भट्ट, बैतडी। नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका बैतडीका इन्जिनियर दीपेन्द्र बहादुर बम पार्टीको समानुपातिक सूचीमा समेटिन सफल भएका छन्।
पुर्चौडी नगरपालिकामा जन्मिएका बमको यो उपलब्धिलाई निरन्तर संघर्ष, संगठनप्रतिको निष्ठा र राजनीतिक प्रतिबद्धताको प्रतिफलका रूपमा व्याख्या गरिएको छ।
सिडेन (CDEN) को राजनीतिबाट कांग्रेसको संगठन निर्माणमा सक्रिय रहँदै आएका बम सिडेनको कार्यकारी सदस्य र उप महासचिव हुँदै नेपाली कांग्रेसको महासमिति सदस्यसम्मको जिम्मेवारी निर्वाह गरिसकेका अनुभवी नेता हुन्।
संगठन सुदृढीकरण, युवालाई राजनीतिमा जोड्ने अभियान तथा जिल्लाको समग्र विकासका मुद्दामा उनको भूमिका प्रभावकारी रहँदै आएको छ।
बैतडी जिल्लाबाट कांग्रेसको पक्षमा निरन्तर आवाज उठाउँदै आएका बमको समानुपातिक सूचीमा समावेशीकरणसँगै जिल्लाको प्रतिनिधित्व थप सशक्त हुने अपेक्षा गरिएको छ।
पार्टीभित्र विचार, अनुशासन र जिम्मेवारीलाई प्राथमिकतामा राख्ने नेताका रूपमा परिचित उनी आगामी दिनमा नीति निर्माण र विकासका सवालमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास कांग्रेस वृत्तमा व्यक्त गरिएको छ।











