spot_img

बैतडीमा पुषे पन्ध्रको रौनक,पुराना चलन ओझेलमा

- Advertisement -


केशवराज भट्ट, (वाशुलिङ्ग) बैतडी पुस १५ गते ।बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा पौष १५ गते ‘ठूलीरात’ अर्थात् परम्परागत पुषे पन्ध्र पर्व उल्लासका साथ मनाइँदैछ।

वर्षकै सबैभन्दा लामो रात मानिने विश्वासका साथ मनाइने यस पर्वमा रातभर जाग्राम बस्ने, मिठा- मिठा परिकार खाएर रमाइलो गर्ने तथा सामूहिक रुपमा (आइना)गाउँखाने कथा (बातै) सांस्कृतिक गतिविधि गर्ने चलन रहिआएको दसरथचन्द नगरपालिका-९का स्थानीय देवराज जोशीले बताउनुभयो ।

स्थानीय संस्कृतिका जानकार देवराज जोशीका अनुसार पुष १५ को रातलाई ठूलीरात मानी डेउडा खेल्ने, मिठा–मिठा परिकार खाने, धार्मिक ग्रन्थ वाचन गर्ने तथा बिहान उज्यालो नहुँदै स्नान गर्ने चलन छ। “हुनेहरूले उखु पेलेर रातभर गुड बनाउने, आइना–बातै हाल्ने र गाउँका मानिस एकै घरमा भेला हुने परम्परा पनि कायमै छ।,उहाँले भने, तर पछिल्लो समयमा यी चलनहरू क्रमशः हराउँदै गएका छन्।

पुषे पन्ध्रका दिन बैतडीका गाउँघरमा तरुल, सखरगञ्ज, फर्सी लगायतका कन्दमूलसँगै घिउमा पकाइने सेलरोटी र माँडा विशेष परिकारका रूपमा बनाइन्छ। अर्का संस्कृतिविद् हरिदत्त भट्टका अनुसार पुस महिनाको कठ्याङ्ग्रिने चिसोबाट बच्न ऊर्जा दिने खानाको प्रयोग गर्ने परम्परा यस पर्वसँग जोडिएको छ।

यस पर्वका अवसरमा बैतडीका कतिपय स्थानमा वनभोज गर्ने, सामूहिक जमघट गर्ने र रातभर सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने चलन रहिआएको भए पनि आधुनिक जीवनशैली र बदलिँदो सामाजिक संरचनासँगै यस्ता अभ्यासहरू कमजोर बन्दै गएका मेलौलीका नगरपालिका -२का स्थानिय धनुषा भट्टले बताउनुभयो ।

यस्तै दार्चुलाजिल्ला शैल्यशिखर नगरपालिका -४की कमला बोहराका अनुसार पहिलेजस्तो पुष १५ को रौनक अहिले कम देखिन थालेको छ।

पुषे पन्ध्रमा विवाहित छोरीबेटीलाई माइत बोलाई सम्मानपूर्वक स्वागत गर्ने चलन प्रचलित थियो। तर समयसँगै पर्वको सांस्कृतिक मर्म र सामूहिक भावना झल्किने गरी मनाउने परम्परा भने क्रमशः हराउँदै जान थालेको बोहराले बताउनुभयो ।

खगोलशास्त्रीय रूपमा डिसेम्बर २२ लाई वर्षकै सबैभन्दा छोटो दिन मानिए पनि नेपाली समाजमा भने पुष १५ लाई छोटो दिनको रूपमा बुझ्ने परम्परा रहेको छ। आजदेखि दिन क्रमशः लम्बिँदै जाने र रात छोटिँदै जाने विश्वासका कारण पुषे पन्ध्रलाई मौसमी परिवर्तनको सूचक पर्वका रूपमा लिइन्छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img