spot_img

बैतडीमा चितुवा पासोमा फसेको अवस्थामा भेटियो

- Advertisement -

वाशुलिङ (बैतडी), मङ्सिर २९ गते । बैतडी जिल्लाको सिगास गाउँपालिका–२ धौलाडी, भिमराडी क्षेत्रमा जंगली जनावरका लागि थापिएको पासोमा चितुवा फसेको अवस्थामा फेला परेको छ ।

स्थानीयले थापेको पासोमा करिब तीन वर्षको चितुवा परेको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भक्तराज गिरीले जानकारी दिनुभयो ।

चितुवा आइतबार राति पासोमा परेको भएपनि घटना सोमवार बिहान मात्रै थाहा भएको वहाँले जानकारी दिनुभयो । सूचना पाएलगत्तै सिगास सब–डिभिजन वन कार्यालय गाजरीबाट प्राविधिक टोली घटनास्थलमा खटिएको गिरीले जानकारी दिनुभयो ।

चितुवाको अगाडिको दायाँ खुट्टा पासोमा अड्किएको बताएको छ । उद्धार कार्यका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा कञ्चनपुरसँग समन्वय भइसकेको र सम्भवत: आजै  साझ सम्म उद्धार गरिने वन कार्यालयले सुचना अधिकारी नरेशचन्द्रकर्णले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बैतडीका अनुसार जिल्लामा पासोमा परेका वा घाइते वन्यजन्तुको उद्धारका लागि आवश्यक जनशक्ति र स्रोतसाधन अभाव हुँदा समस्या हुँदै आएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img