back to top
Home मुख्य समाचार नेपाल राष्ट्रिय मावि सिउँडेको ६४औँ वार्षिकोत्सव सम्पन्न

नेपाल राष्ट्रिय मावि सिउँडेको ६४औँ वार्षिकोत्सव सम्पन्न

0
192

केशव भट्ट,बैतडी । बैतडीको सुर्नया गाउँपालिका–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउँडेको ६४औँ वार्षिकोत्सव सोमबार विविध सांस्कृतिक कार्यक्रमसहित सम्पन्न गरिएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश बहादुर बिष्टको अध्यक्षत्वमा सम्पन्न समारोहमा सुर्नया गाउँपालिकाका अध्यक्ष अमर बहादुर कुँवर प्रमुख अतिथि रहेका थिए। कार्यक्रमका विशिष्ट अतिथिमा वडा नं. ४ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रताप महरा, बासुदेव माविका अध्यक्ष तथा राप्रपा नेता देव बहादुर चन्द, जेष्ठ अभिभावक हरजीत पाण्डेयलगायतको उपस्थिति थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धीर बहादुर बिष्टले भौतिक, आर्थिक तथा शैक्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए। वार्षिकोत्सवको अवसरमा शिक्षक–विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र तथा पुरस्कारसमेत वितरण गरिएको विद्यालयका शिक्षक भगिरथ भट्टले जानकारी दिए।

हाल विद्यालयमा १३४ छात्र र १४७ छात्रा गरी २८१ विद्यार्थी अध्ययनरत छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here