back to top
Home मुख्य समाचार सुर्नयाका उच्च भेगमा चिया खेतीको सम्भावना अध्ययन गरिदै

सुर्नयाका उच्च भेगमा चिया खेतीको सम्भावना अध्ययन गरिदै

0
139

बैतडी । बैतडीको सुर्नया गाउँपालिका–५, ६ र ७ का उच्च भेगमा चिया खेतीको प्रारम्भिक सम्भाव्यता अध्ययन गरिएको छ। नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया विकास अधिकृत गौरव लुइँटेलको टोलीले विभिन्न स्थानका भौगोलिक अवस्था र स्थानीय राय संकलन गर्दै अध्ययन पूरा गरेको हो।

गाउँपालिकाले चालु आर्थिक वर्षमै चिया खेतीलाई वैकल्पिक कृषि मोडलको रूपमा अघि बढाउने नीति ल्याएको थियो। त्यसअनुसार धुलिधार, रडीगाउँ, कलालपसे, जित्की–जुँवाड, मुसे र दाङल आसपासका क्षेत्रको अवलोकन गरिएको गाउँपालिका अध्यक्ष अमर बहादुर कुँवरले जानकारी दिए।

टोलीले सम्भावित स्थानको माटो नमूना समेत सङ्कलन गरेको छ। “स्थानीयले खेतीपाती छोडेपछि धेरै जमिन बाँझो छ। चिया खेतीले रोजगारी र पर्यटन दुवै बढाउन सक्ने भएकाले यस्को अध्यन थालिएको चिया खेती परिचालन तदर्थ समितिका संयोजक कृष्ण बिष्टले बताए ।

प्राविधिक प्रतिवेदन केही दिनमै आउने अपेक्षा गरिएको छ। गाउँपालिकाले प्रतिवेदन आएपछि आवश्यक कदमबारे निर्णय गर्ने जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here