back to top
Home मुख्य समाचार शिवनाथमा विशेषज्ञ सेवा सहित १ दिने निशुल्क स्वास्थ्य शिविर हुँदै

शिवनाथमा विशेषज्ञ सेवा सहित १ दिने निशुल्क स्वास्थ्य शिविर हुँदै

0
172

केशव भट्ट,बैतडी मङ्सिर १९ गते ।बैतडीको शिवनाथ गाउँपालिकामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। जिल्ला अस्पताल बैतडी र जिल्ला प्रशासन बैतडीका निकायहरूको सहकार्यमा मंसिर २० गते (भोलि) बिहान १० बजेदेखि साँझ ४ बजेसम्म शिविर सञ्चालन गरिने गाउँपालिका अध्यक्ष कर्ण सिंह साउदले जानकारी दिनु भयो।

गाउँपालिका–२ स्थित नागार्जुन मावि शर्मालीमा संचालन हुने शिविरमा स्थानीयवासीले विभिन्न रोगका विशेषज्ञ सेवा, फिजियोथेरापी, औषधि वितरणलगायत स्वास्थ्य परामर्श एकै स्थानबाट निशुल्क पाउनेछन्।

शिविरमा साधारणदेखि जटिल स्वास्थ्य समस्या पहिचान तथा उपचार पहुँच सहज बनाउन अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष साउदले बताउनुभयो ।
शिविरमा उपलब्ध सेवाहरु = स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा : गर्भाशयसम्बन्धी समस्या, महिनावारी अनियमितता, वाथ रोगले पेट दुख्ने समस्या, प्रसूति सम्बन्धी जटिलता तथा अन्य महिला स्वास्थ्य सम्बन्धी समस्या। लगायत जनरल फिजियोथेरापी सेवा : घुँडा–काँध दुखाइ, लामो समयदेखि हुने कम्मर दुखाइ, नसासम्बन्धी समस्या तथा अन्य फिजियोथेरापी परामर्श सेवा र आवश्यकता अनुसार सामान्य परीक्षण र औषधि वितरण जस्ता सेवाहरु उपलब्ध हुने सुचनामा उल्लेख गरिएको छ।

यस्तै पालिकाले शिविरमा उपस्थित भई स्वास्थ्य परीक्षण गराइ लाभान्वित हुन सबैमा आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here