spot_img

धान्यपूर्णिमामा निङ्लाशैनि भगवती मन्दिरमा मेला सम्पन्न

- Advertisement -

केशव भट्ट, बैतडी।मङ्सिर शुक्ल पूर्णिमाका अवसरमा दशरथचन्द नगरपालिका–२ देहीमाडौंस्थित निङ्लाशैनि भगवती मन्दिरमा लाग्ने वार्षिक मेला यस वर्ष पनि परम्परागत रिति अनुसार सम्पन्न भएको छ। धान्यपूर्णिमालाई लक्षित गरी आयोजना गरिने मेलामा स्थानीयसहित टाढा–टाढाबाट आएका भक्तजनहरूको ठूलो सहभागिता रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

बिहानैदेखि सुरु भएको पूजाअर्चनासँगै भक्तजनहरूले नयाँ धान्य अर्पण गर्दै देवीको दर्शन गरेका थिए। यस दिन मन्दिर क्षेत्रमा विशेष पूजा गरिने तथा पशुबली नहुने परम्परा छ। भक्तजनले वर्षभरिका उब्जनीप्रति आभार व्यक्त गर्दै देवीको प्रसाद ग्रहण गर्ने चलन रहेको छ।

मेला अवधिमा मन्दिरको भण्डारमा रहेका धार्मिक तथा पुरातात्त्विक सामग्री सार्वजनिक अवलोकनका लागि प्रदर्शनमा राखिएको थियो। मन्दिर प्रशासनका अनुसार वर्षमा एकपटक मात्रै खुल्ने भण्डार हेर्न धेरै भक्तजनको आकर्षण बढ्ने गरेको छ।

सांस्कृतिक झाँकी, देउडा, भजन तथा स्थानीय पहिरनमा सजिएका समूहहरू मेलालाई झनै रंगीन बनाएका थिए। सीमावर्ती भारतीय क्षेत्रबाट समेत उल्लेख्य संख्यामा भक्तजनहरु आएको व्यवस्थापन समितिले जनाएको छ….। भीड व्यवस्थापनका लागि सुरक्षाकर्मी, स्वयंसेवक र स्थानीय समूहहरूले संयोजनमा सहयोग गरेका थिए।

मेला अवधिभर मन्दिर क्षेत्रलाई मदिरा–निषेधित क्षेत्र घोषणा गरिएको थियो। धार्मिक वातावरण सुरक्षित र मर्यादित राख्न विशेष निगरानी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरूले बताएका छन्।

परम्परागत विधि, सांस्कृतिक प्रस्तुति र आस्थामूलक सहभागितासहित सम्पन्न भएको निङ्लाशैनि भगवती मन्दिरको धान्यपूर्णिमा मेला आगामी वर्ष पनि यस्तै भव्य रूपमा आयोजना गरिने व्यवस्थापन समितिले जनाएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img