spot_img

बैतडीको सुर्नयामा नेपाली कांग्रेसद्वारा जेष्ठ क्रियाशील सदस्य सम्मानित

- Advertisement -

केशव भट्ट, बैतडी। नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले आयोजना गरेको जेष्ठ क्रियाशील सदस्य सम्मान कार्यक्रम पालिकाका विभिन्न वडामा सम्पन्न भएको छ।

जिल्ला कार्य समितिका सभापति चतुर बहादुर चन्दको प्रमुख आतिथ्यमा सुर्नया–१ हटैराज, सुर्नया २, र सुर्नया ३ को देउरुखमा क्रमिक रूपमा सम्मान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममार्फत पार्टीप्रति लामो समयदेखि निरन्तर काम गर्दै आएका जेष्ठ क्रियाशील सदस्यहरूलाई सम्मान गरिएको नेपाली कंग्रेस जिल्ला कार्य समितिले जनाएको छ।

सम्मानित सदस्यहरूलाई पार्टीले संगठनमा गरेको योगदानका लागि मात्र नभइ, लोकतान्त्रिक मूल्य–मान्यता जोगाउन देखाएको प्रतिबद्धताका लागि पनि उच्च सम्मान व्यक्त गरिएको पार्टी सभापति चतुर बहादुर चन्दले बताउनभयो।

सभापति चन्दले जेष्ठ सदस्यहरू नै पार्टीको आधारशिला भएको उल्लेख गर्दै, “हामी सबैको यात्रा यही पिढीको त्याग र बलिदानबाट सम्भव भएको बताउनुभयो । उनले जिल्ला कार्य समितिको तर्फबाट हार्दिक नमन व्यक्त गर्दै आगामी दिनमा संगठन सुदृढीकरणका लागि सबैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभयो।

कार्यक्रममा जिल्ला उप-सभापति वीर बहादुर बिष्ट,पूर्व जिल्ला सभापति नरेन्द्र सिंह थापा, पार्टीका सह-सचिव दिपेन्द्र बहादुर चन्द,पार्टी पदाधिकारी, कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो

यस्तै सम्मान कार्यक्रमका क्रममा भाेली सुर्नया गाउँपालिका वडा न ४,५ र ६ काे संयुक्त कार्यक्रम राैलेश्वरमा हुने हुने भएकाले नेपाली कंग्रेस प्रति आस्थावान सबैलाई उपस्थितिका लागि अनुरोध समेत गरेको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img