spot_img

चौधरी ग्रुपले एक वर्षमा तिर्‍यो साढे २५ अर्ब कर

- Advertisement -

५ मंसिर, काठमाडौं । चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ बराबर कर तिरेको छ । जुन कूल राजस्वको २ प्रतिशत हाराहारी हुने ग्रुपले जनाएको छ ।

राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि सीजीले सरकारको राजस्वमा उल्लेखनीय योगदान पुर्‍याएको जनाएको छ । अघिल्लो आव २०८०/८१ मा १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरेको सीजीले यस वर्ष ७ अर्ब बढी कर राज्य ढुकुटीमा दाखिला गरेको हो । यसले सीजीको लगानी वृद्धिदर तीव्र गतिमा रहेको प्रष्ट हुनेसमेत कम्पनीको भनाइ छ ।

सीजीले पछिल्लो ५ वर्षमा सरकारलाई ९२ अर्ब २६ करोड रुपैयाँ बराबर कर तिरेको छ । सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीका अनुसार ग्रुपले स्थापित तथा नयाँ दुवै व्यवसाय विस्तार मार्फत राजस्व योगदान बढाउँदै लगिरहेको छ ।

निर्वाण चौधरी, प्रबन्ध निर्देशक, चौधरी ग्रुप

‘ग्रुप अफ कम्पनिजको एकमुष्ट कर सार्वजनिक गरी सम्मान गर्ने व्यवस्था नभए पनि अर्थमन्त्रीज्यूले सीजीको कर योगदानलाई विशेष रूपमा उल्लेख गर्नु भएकोमा आभारी छौं,’ प्रबन्ध निर्देशक चौधरीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गत वर्ष सीजीले २५ अर्ब ५९ करोड कर तिर्दै राष्ट्रको कूल राजस्वमा उल्लेखनीय योगदान गरेको छ, चुनौतीबीच पनि देशको ढुकुटी मजबुत बनाउन पाउँदा गर्व लागेको छ ।’

नेपालमा व्यावसायिक समूहहरूले सरकारलाई तिरेको कर अलग्गै वर्गीकृत गरी सार्वजनिक गर्ने परम्परा छैन । यसबाट करदाताको वास्तविक योगदानबारे जनमानसमा भ्रम उत्पन्न हुने समेत कम्पनीको भनाइ छ । चौधरी ग्रुपले भने हरेक वर्ष आफ्नो एकमुष्ट कर विवरण सार्वजनिक गर्दै आएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडीमा जिप दुर्घटना, एक जनाको मृत्यु, छ घाइते

0
बैतडीको मेलौली नगरपालिका–१, जिरो पोइन्टस्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

तिहारसँगै सुदूर पहाडका वनपाखामा खर काट्ने चटारो

0
हिन्दूहरुको दोश्रो ठूलो चाड तिहारको रौनकसँगै बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img