कार्तिक २८ गते बैतडी,
बैतडीको सुर्नया गाउपालिकामा लामो समयसम्म तालाबन्दी हुदा स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ । पालिका अन्तरगतका स्वास्थ्य सस्थाहरुमा औषधि अभाव भएको सम्बन्धित स्वास्थ्य चौकीले जनाएका छन् ।
स्वास्थ्य संस्थामा सिटामोल, बिटाडिन, जीवनजल लगायतका अत्यावश्यक औषधिको अभाव भएको सुर्नया–३ स्थित बाशुलिङ्ग स्वास्थ्य चौकीका इन्चार्ज दल बहादुर बिष्टले जानकारी दिनुभयो । औषधीको अभावमा सामान्य चोटपटक लागेकाहरुलाई उपचार गर्नपनि सकिने अवस्था नरहेको उहाले बताउनुभयो । संस्थामा औषधी नहुँदा सेवाग्राहीलाई रित्तो हात फर्काउनु परेको स्वास्थ्य चौकी इन्चार्ज बिष्टले बताउनुभयो ।
स्वास्थ्य चौकीमा सामान्य सामाग्रीको पनि उपलब्ध नहुदा सुत्केरी सेवा समेत प्रभावित हुने अवस्था आएको बाशुलिङ्ग स्वास्थ्य चौकीका ल्याब असिस्टेन्ट नरेन्द्र सिंह बिष्टले बताउनुभयो ।
गाउँपालिकाका स्वास्थ्य संयोजक राम सिंह महराले गाउँपालिका अन्तरगतका स्वास्थ्य चौकीहरुबाट औषधी लगायतका स्वास्थ्य उपकरणको अभाव हुन थालेको बताउनुभयो ।
गाउँपालिकाले स्वास्थ्य उपकरण सहितका औषधी आपूर्तिको लागि टेन्डर आह्वान गरिएको तर तालाबन्दीका कारण ठेक्का सम्झौता गरी औषधी खरिदको प्रक्रिया अघि बढाउन नसकिएको स्वास्थ्य शाखा प्रमुख महराले बताउनुभयो ।
स्वास्थ्य जस्तो अत्यावश्यक सेवा प्रभावित भइरहेको बताउँदै स्वास्थ्य शाखा प्रमुख महराले यथाशीघ्र सहमति गरी पालिकामा सहज वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।
सूचना उपलब्ध नगराएको भन्दै गत असोज २४ गते जेनजी समूहका युवाहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए। त्यसयता आजसम्म सो ताला खुल्न सकेको छैन ।
बेलाबेला संवाद र बहस हुदापनी कुनै सहमति हुन सकेको छैन ।
बैतडीको सुर्नयाका स्वास्थ्य संस्थामा औषधी अभाव
सेयर गर्नु हाेस
सम्बन्धित समाचार
लेखकबाट थप
किसानका खेतबारीमै पुगेर प्राविधिक सेवा दिँदै कृषि टोली
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि जिल्लाका विभिन्न स्थानका किसान व्यावसायिक उत्पादनमा जोडिन थालेका हुन् ।
बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।
सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।












