spot_img

माकुरा प्रविधिबाट स्थानीय तहमा विवाद रूपान्तरणको अभ्यास

- Advertisement -

केशव भट्ट,बैतडी, कार्तिक २५ गते ।
बैतडीका सामुदायिक वनहरूमा देखा परेका विवादहरू समाधानका लागि माकुरा प्रविधिबाट मेलमिलाप र संवादमुखी अभ्यास थालिएको छ।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालले जिल्लाभरि फैलिएका सामुदायिक वनका असमझदारीहरूलाई सहकार्य र सहमतिको माध्यमबाट टुङ्ग्याउने अभियान सञ्चालन गरेको हो।

जिल्लाका चार स्थानीय तहमा अहिले केन्द्रको कार्यक्रम सञ्चालनमा छ। डिभिजन वन कार्यालय बैतडीको सिफारिसमा रहेका चार सामुदायिक वनमध्ये एकको विवाद समाधान भइसकेको र बाँकी तीन वनमा छलफल प्रक्रिया जारी रहेको केन्द्रका स्रोत व्यक्ति भुवन शर्माले बताए ।

उनका अनुसार, प्राकृतिक स्रोतको उपयोग र अधिकार व्यवस्थापनमा देखिएका विवादलाई संस्थाले “माकुरा प्रविधि” र सहभागितामूलक संवाद प्रक्रियामार्फत रूपान्तरण गर्ने अभ्यास गरिरहेको छ।

शर्माले भने, “विवाद अन्त्यको उपाय बल प्रयोग होइन, आपसी संवाद र समझदारी हो। हामी समुदायभित्रकै सामर्थ्यलाई उपयोग गरेर समाधान खोज्दैछौं।”

मंगलबार पाटनमा सम्पन्न जिल्लास्तरीय समन्वय तथा सल्लाहकार समितिको बैठकमा शर्माले केन्द्रले हाल चार पालिकामा मात्र कार्यक्रम सञ्चालन गरिरहेको र क्रमशः अन्य पालिकामा पनि विस्तारको तयारी भइरहेको बताए।

बैठकका सहभागीहरूले प्राकृतिक स्रोत व्यवस्थापनमा मेलमिलापको अभ्यासलाई दिगो शान्ति र सुशासनको आधारका रूपमा लिनुपर्नेमा जोड दिए। पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्रले स्थानीय तहमा सामाजिक सद्भाव र शान्ति स्थापनामा सहयोग पुर्‍याइरहेको बताए।

डिभिजन वन कार्यालयका प्रमुख भक्तराज गिरीले वन क्षेत्रका विवाद समाधानमा केन्द्रले नीतिगत समन्वय र समुदायबीच विश्वास निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरे। उनका अनुसार, सामुदायिक वनहरूको दीगो व्यवस्थापनका लागि स्थानीय स्वामित्व र पारदर्शी सहमति अपरिहार्य छ।

त्यसैगरी, जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले प्राकृतिक स्रोत उपयोगमा देखिने विवादहरू सामूहिक सहमतिको माध्यमबाट समाधान गर्नु अहिलेको आवश्यकता भएको बताए। उनले भने, “स्रोत र साधनमा साझा अधिकार र उत्तरदायित्व दुवै छन्; त्यसैले समाधान पनि सहकार्यकै बाटोबाट खोजिनुपर्छ।”

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img