spot_img

नेपाली क्रिकेटको स्वर्णिम युग सुरु भएको क्यान अध्यक्ष चन्दको भनाइ

- Advertisement -

केशव भट्ट,कार्तिक २१गते । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट अहिले स्वर्णिम युगमा प्रवेश गरेको बताएका छन्।

नेपाल प्रिमियर लिग (एनपिएल)को ट्रफी टुर कार्यक्रमको सिलसिलामा कैलालीको टीकापुर उद्यानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष चन्दले पछिल्ला वर्षहरूमा क्रिकेटले देशमा उल्लेखनीय लोकप्रियता हासिल गरेको बताए।

उनले भने, “यो क्रिकेटको स्वर्णिम युग हो। यसअघि नेपाली क्रिकेट यस्तो उचाइमा पुगेको कहिल्यै थिएन। यो अवस्थासम्म आइपुग्नमा क्रिकेटप्रेमीहरूको माया र साथ मुख्य कारण हो।”

नेपाललाई विश्व स्तरमा परिचित बनाउन क्रिकेटले महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै अध्यक्ष चन्दले नेपाली टोलीले अन्तर्राष्ट्रिय स्तरमा पनि माया र सहानुभूति प्राप्त गरिरहेको बताए।

उनका अनुसार नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटलाई संस्थागत र व्यावसायिक रूप दिन सहयोग पुर्‍याइरहेको छ। “एनपिएल सुरु भएपछि खेलाडी उत्पादनको दर बढेको छ, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ,” उनले भने।

सुदूरपश्चिम प्रदेश खेलकुदका क्षेत्रमा अग्रणी रहेको उल्लेख गर्दै अध्यक्ष चन्दले विभिन्न राष्ट्रिय खेलमा यस क्षेत्रका खेलाडीहरूको प्रतिनिधित्व उल्लेखनीय रूपमा बढ्दै गएको बताए।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img