spot_img

मेलौली भगवतीको जात्रा सम्पन्न

- Advertisement -


केशवराज भट्ट,बैतडी । बैतडीको मेलौली नगरपालिका–५, सोराडस्थित ऐतिहासिक मेलौली भगवती मन्दिरमा कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने वार्षिक भगवती जात्रा सम्पन्न भएको छ। दुई दिनसम्म चलेको यस जात्रामा बैतडीका विभिन्न स्थानीय तहका साथै भारतका सीमावर्ती क्षेत्रबाट आएका हजारौँ भक्तजनले भगवतीको दर्शन गरी पूजाआजा गरेका छन्।

शक्तिपीठ मानिने मेलौली भगवती मन्दिरमा हरेक वर्ष भक्तजनले बलिदान, दीपदान, भजनकीर्तन र देउडा नृत्य मार्फत देवीको आराधना गर्ने परम्परा रहिआएको छ। शनिबार सम्पन्न जात्रामा दर्जनौँ राँगा र सयौँ बोकाको बलि दिइएको मन्दिर व्यवस्थापन मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीश नायकले बताउनुभयो ।

अनुसार मेलौली भगवतीलाई सुदूरपश्चिम प्रदेशकै प्रमुख शक्तिपीठका रूपमा मानिन्छ। जनश्रुति अनुसार भगवती यहाँ स्वयंभू रूपमा प्रकट भएकी थिइन्। श्रद्धा, आस्था र परम्पराले यस शक्तिपीठको धार्मिक महत्त्व अझ बढाएको स्थानीय ज्वातिषहरुको भनाइ छ।

जात्राको अवसरमा मन्दिर परिसरमा पूजाआजासँगै व्यापारिक मेला पनि लाग्ने गर्दछ। स्थानीय कृषिजन्य वस्तु, परिकार, तथा हस्तकलाका सामानको व्यापार हुने भएकाले जात्राले धार्मिक श्रद्धासँगै आर्थिक र सामाजिक चहलपहल समेत हुने गरेको स्थानिय लोकराज भट्टले बताउनुभयो ।

सुरक्षा र व्यवस्थापनका लागि मेलौली नगरपालिका र मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था मिलाएको जनाएको छ। प्रहरी परिचालन, सरसफाइ, खानेपानी र अस्थायी बत्तीको व्यवस्था मिलाइएकाले भक्तजनले सहज रूपमा दर्शन गर्ने अवसर पाएको स्थानिय सुरत पार्किले बताउनुभयो ।

मन्दीर समुद्र सतहबाट करिब १७सय मिटर उचाइमा अवस्थित मेलौली भगवती मन्दिरको स्थापना करिब ११औँ शताब्दी आसपास भएको अनुमान गरिएको स्थानिय जेष्टनगारिक दसरत नायकले बताउनुभयो । यहाँको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।

मेलामा टाढा-टाढाबाट आएका आफन्तहरु बिच भेठघाट गर्ने रमाइलो गर्ने, स्थानीय परिकारहरु बनाएर प्रसाको रुपमा बितरण गर्ने चलन रहेको छ।

दुई दिनसम्म चलेको यस जात्राले स्थानीय संस्कृतिको संरक्षण, परम्परागत धार्मिक आस्थाको संवर्द्धन र प्रदेशीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img