spot_img

बैतडीको दोगडाकेदारमा कात्तिक १७ गतेदेखि रामलीला महायज्ञ हुने

- Advertisement -

कात्तिक ११ गते ।बैतडीको दोगडाकेदारमा यही कात्तिक १७ गतेदेखि रामलीला महायज्ञ सञ्चालन हुने भएको छ । दोगडाकेदार सांस्कृतिक समाजद्वारा संस्कृति संरक्षणका लागि आयोजना गरिने उक्त रामलीला श्रीकोट बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ।

सांस्कृतिक समाजका सदस्य एवं श्रीकोट बहुमुख्री क्याम्पसका प्रमुख दानसिंह कार्कीले रामलीलाको तयारी अन्तिम चरण पुगेको बताए। उनका अनुसार महायज्ञमा अभिनय गर्ने कलाकारका लागि तालिमसहित अन्य व्यवस्थापनको तयारी भइरहेको छ।

कात्तिक २७ गतेसम्म सञ्चालन हुने रामलीलाबाट सङ्कलन भएको चन्दा सामाजिक र सांस्कृतिक क्षेत्रमा खर्च गरिने उनले बताए। रामलीलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न राजबहादुर कार्कीको संयोजकत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको सांस्कृतिक समाजका अध्यक्ष मोहनसिंह कार्कीले जानकारी दिए।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img