spot_img

बडादसैँको छैटौँ दिन, आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै

- Advertisement -

असोज १२गते ।बडादसैँ अन्तर्गत नवरात्रको छैटौँ दिन आज देवी कात्यायनीको पूजा आराधना गरी मनाइँदै छ।अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ।
बिज्ञापन

धार्मिक विश्वासअनुसार आजको दिनमा कात्यायनी देवीको पूजा गरे रोग, शोक, भय, दुःख र दरिद्रता नाश भई प्रगतिको मार्गमा अगाडि बढ्न सकिन्छ।शास्त्रीय मान्यताअनुसार महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भई भगवती उनकी पुत्रीका रूपमा जन्मिएपछि उनी कात्यायनी नामले परिचित भएकी हुन्।

पुराण अनुसार, त्रिलोकमा आतङ्क मच्चाएका महिषासुरको वधका लागि ब्रह्मा, विष्णु र महेश्वरको तेजबाट उत्पन्न भएकी देवी कात्यायनीले आश्विन शुक्ल सप्तमीदेखि नवमीसम्म पूजा ग्रहण गरेर दशमीका दिन महिषासुरको संहार गरेकी थिइन्। त्यसपछि उनी धर्म र न्यायको प्रतीकका रूपमा प्रतिष्ठित भएकी छन्।

देवी कात्यायनीलाई चार हातका साथ सिंह वाहिनी स्वरूपमा चित्रण गरिएको छ। उनको वर्ण स्वर्ण जस्तै तेजिलो छ।दाहिने हातमा अभय र बर मुद्रा रहँदा देब्रे हातमा तरबार र कमल पुष्प सुशोभित छ। उनीलाई अमोघ फलदायिनीका रूपमा मानिन्छ।नवरात्र साधनामा छैटौँ दिन भक्तजनले आत्मदान गर्दै सहज भावले देवीको दर्शन गर्ने मान्यता छ।

यस दिन बेलको फेदमा बसेर जागरण गर्ने प्रचलनसमेत छ। विश्वास छ, कात्यायनीको भक्तिद्वारा अर्थ, धर्म, काम र मोक्ष प्राप्त गर्न सकिन्छ।समकालीन सन्दर्भमा पनि देवी कात्यायनीलाई नारी सशक्तीकरण, आत्मबल र सामाजिक न्यायको प्रतीकका रूपमा लिइन्छ।

काठमाडौँ उपत्यकासहित देशभरका शक्तिपीठहरू(गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल भगवती र भद्रकालीमा आज विशेष पूजा आराधना भइरहेको छ।दशैंमा नौ दिनसम्म दशैंघर र शक्तिपीठमा दुर्गा भगवतीको पूजा अर्चना गर्ने परम्परा छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

लेखकबाट थप

बैतडी जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग

0
बैतडी अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न माग,विशेषज्ञ स्वास्थ्य सेवा नहुँदा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता

सुर्नयाका कार्यपालिका सदस्य ढोलीको निधन, आज शोक बिदा

0
बैतडीको सुर्नया गाउँपालिकाका कार्यपालिका सदस्य दासी ढोलीको निधन भएको छ ।

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५४ हजार ९४४ कायम

0
आगामी निर्वाचनका लागि बैतडीमा एक लाख ५४ हजार ९४४ मतदाता कायम भएका छन् ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img