केशव भट्ट ,असोज ३गते ।बैतडीको पूर्चौडी नगरपालिका–१० विजयपुरकी २२ वर्षीया बसन्ती विष्टले झाडीमै शिशु जन्म दिएकी छन्।
बसन्ती विष्ट प्रसूति गराउन कटौजपानी स्वास्थ्य चौकी आउँदै गर्दा बाटोमै रहेको झाडीमा शिशु जन्मिएको स्वास्थ्य चौकीकी अनमी रमिता जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार शिशुको तौल ३ केजी ४ सय ग्राम रहेको छ।
स्थानीय सरिता विष्टका अनुसार कटौजपानी स्वास्थ्य चौकी दोगडाकेदार–८ स्थित विकट क्षेत्रमा रहेर पनि ग्रामीण स्वास्थ्य सेवामा अग्रणी छ। तर सञ्चार सुविधा नहुँदा स्वास्थ्य सेवा सहज रूपमा पुर्याउन चुनौती थपिएको बताइन्छ।
सो स्वास्थ्य चौकीले दोगडाकेदार मात्र नभई पूर्चौडीको तल्लादेही, बिजपुरसहितका दर्जनौँ बस्तीमा स्वास्थ्य सेवा पुर्याउँदै आएको छ।








