spot_img

गणेशमान सिंहको २८औं स्मृति दिवस आज, शालिकमा माल्यार्पण गरिँदै

- Advertisement -


असोज २गते । नेपाली कांग्रेसका संस्थापक नेता तथा लोकतान्त्रिक आन्दोलनका अगुवा गणेशमान सिंहको २८औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। दिवसको अवसरमा स्वर्गीय नेताको सम्झनामा स्वयम्भूस्थित भोभाभगवतीमा रहेको उनको शालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरिएको छ।


नेता सिंह नेपाली राजनीतिमा त्यस्तो व्यक्तित्वका रूपमा सम्झिन्छन्, जसले प्रजातन्त्र स्थापना मात्र होइन, पुनःस्थापनाका लागि पनि निर्णायक भूमिका खेले। २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका सिंहले त्यसपछि प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका थिए। राजासँग सत्ताको सम्झौता नगरेर सिद्धान्तप्रति अडिग रहेका कारण उनी ‘स्वाभिमानी नेता’को रुपमा चिनिन्छन्।


प्रजातान्त्रिक आन्दोलनका एक अमर नायक
१९९७ सालमा प्रजा परिषद् सदस्यका रूपमा राजनीतिमा सक्रिय भएका सिंहले राणा शासनविरुद्धको आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका थिए। उनी नेपालको पहिलो संगठित राजनीतिक आन्दोलनको सुरुआती अग्रपंक्तिमा रहेका एक प्रमुख व्यक्तित्व हुन्।
२००७ सालको परिवर्तनपछि पनि उनले निरन्तर लोकतान्त्रिक मूल्यमान्यताको पक्षमा आवाज उठाउँदै आएका थिए। २०५४ साल असोज २ गते सिंहको निधन भएको थियो।


हालै चाक्सीबारीस्थित निवासमा आगजनी
गणेशमान सिंहको योगदानमाथि अझै बहस भइरहँदा हालै उनको क्षेत्रपाटीस्थित चाक्सीबारीको निवासमा आगजनी भएको घटना दुःखद रह्यो। भदौ २४ गते राति भएको सो घटनामा नेपाली सेनाले गणेशमानका छोरा प्रकाशमान सिंह र परिवारका अन्य सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको थियो। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img