back to top
Home मुख्य समाचार देहिमाण्डौं–गिरेगाडा सडक खण्डस्थित कोटखोलामा पहिरो खस्दा सडक अवरुद्ध

देहिमाण्डौं–गिरेगाडा सडक खण्डस्थित कोटखोलामा पहिरो खस्दा सडक अवरुद्ध

0
170

बैतडी, भदौ १४ – जिल्लाको दशरथचन्द नगरपालिका–२ सुन्दरखाल नजिकै कोटखोलामा ठूलो पहिरो खस्दा देहिमाण्डौं–गिरेगाडा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

शुक्रबार बिहानदेखि परेको अविरल वर्षापछि सडक माथिबाट ठूलो मात्रामा माटो र ढुङ्गा खसेपछि यातायात आवतजावत ठप्प भएको हो। गौरापर्व मनाउन गाउँ जानका लागि यात्रामा निस्किएका सर्वसाधारण बाटैमा अलपत्र परेका छन्।

शुक्रबार रातिदेखि परेको अविरल बर्षाले सनिवार बिहानै पहिरो खसेको स्थानीय दिपक बोहराले बताए ।

“गौरापर्वको लागि गाउँ फर्कँदै गर्दा बाटैमा अलपत्र पर्नुपर्‍यो, बिहानदेखि बस यत्रतत्र अड्किएका छन्, छिटो सडक खोलिदिए राहत मिल्थ्यो,” यात्रु ललित जोशीले भने।

सडक अवरुद्ध हुँदा न केवल यात्रु प्रभावित भएका छन्, अत्यावश्यक सामग्री ढुवानीमा समेत समस्या भएको छ। नगरपालिकाले पहिरो हटाउन डोजर परिचालन गरेर चाँडै पहिरो हटाउने तयारी भइरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here