spot_img

बैतडीका चार नगरपालिका र दुई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत खटाइयो।

- Advertisement -

बैतडी, भदौ १३ गते ।जिल्लाका चारै नगरपालिका प्रमुख प्रशासकीय अधिकृतमा फेरबदल गरिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नयाँ सूची सार्वजनिक गर्दै दशरथचन्द, पाटन, मेलौली र पुर्चौडी नगरपालिकामा उपसचिवहरुलाई खटाएको हो।

मन्त्रालयको निर्णयअनुसार दशरथचन्द नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव केशवराज सुवेदीलाई पठाइएको छ। पाटन नगरपालिकामा कार्यरत उपसचिव नारायणबहादुर विष्टलाई फिर्ता गरी भूमि व्यवस्था मन्त्रालयका उपसचिव टेकराज अर्याल खटाइने भएका छन्।

त्यसैगरी, लामो समयदेखि निमित्तकै भरमा सञ्चालित मेलौली नगरपालिकामा सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मंगलबहादुर साहीलाई जिम्मेवारी तोकिएको छ। पुर्चौडी नगरपालिकामा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सरोजकुमार पोखरेल खटाइने भएका छन्।

पाटन बाहेक बैतडीका तीन नगरपालिका लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चल्दै आएका थिए। यसअघि मन्त्रालयले तोकिएका अधिकृतहरू कार्यस्थलमा नआउने वा स्थानीय तहले हाजिर हुन नदिने समस्या देखिँदै आएको थियो।

यस्तै बैतडीको शिवनाथ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत एकराज आचार्यलाई खटाइएको छ भने डिलाशैनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत अभयशेखर अधिकारीलाई खटाइएको छ ।

स्थानीयतहरुमा प्रमुख प्रशासकीय अधिकृत आएपछि कार्य सम्पादनमा सहजताहुने आशा गरिएको स्थानियहरुले विश्वासव्यक्त गरेका छन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १२२ जना उपसचिव र ९७ शाखा अधिकृतको एकैपटक सरुवा गरेर देशभरका पालिकाहरुमा खटाएको हो

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img