spot_img

बैतडी मेलौलीमा नयाँ इलाका प्रशासन कार्यालय खुल्ने तयारी गरिदैँ

- Advertisement -

केशव भट्ट,बैतडी,भदौ १०गते । गाउँघरमा प्रशासनिक सेवा सहज बनाउने सरकारले नयाँ योजना अघि सारेको छ। मेलौलीसहित देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिएको छ।

गृह मन्त्रालयका अधिकारीका अनुसार, ग्रामीण भेगका नागरिकले सहजै नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवा पाउन सकून् भनेर यस पहल गरिएको हो। मन्त्रालयका प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा गठित कार्यदलले नेपाल सरकार, मन्त्रिपरिषद् र अर्थ मन्त्रालयबाट आवश्यक पूर्वस्वीकृति लिएर प्रतिवेदन तयार पारेको छ।

मन्त्रालय स्रोतले बताएअनुसार, हामीले दरबन्दी वृद्धि नगरी विद्यमान स्रोतको अधिकतम प्रयोग गरेर सेवा प्रवाह प्रभावकारी बनाउने योजना अघि सारेका छौं। स्थानीय तहसँगको समन्वयमा सेवा गाउँगाउँमा पुर्‍याउन इलाका प्रशासन कार्यालयको भूमिका अपरिहार्य छ।

उक्त प्रतिवेदनमा सिफारिस गरिएका स्थानहरूमा मेलौली (बैतडी), सिरिजंगा (ताप्लेजुङ), हलेसी (खोटाङ), घोराखोरी (ओखलढुंगा), सुखिपुर (सिरहा) लगायत २३ ठाउँ समावेश छन्।

स्थानीय तहका प्रतिनिधिहरूले पनि प्रस्तावलाई महत्त्वपूर्ण पहल भन्दै स्वागत गरेका छन्। “गाउँघरमै प्रशासनिक सेवा पाउँदा नागरिकको जीवन सहज हुनेछ। खासगरी बुढा-बुढी, महिला र बालबालिकालाई ठूलो राहत मिल्ने मेलौली नगर पालिकाकी उप प्रमुख धाना बोहरा (बिष्टले) बताउनुभयो ।

नागरिकको शान्ति, सुरक्षा र सेवा प्रवाह सिधै प्रभावित हुने भएकाले गृह मन्त्रालय सकरात्मक पहलमा रहेको छ। विभिन्न स्थानबाट आएको लोकप्रीय मागलाई समेत ध्यानमा राखेर यो योजना थप गरिएको सरकारी अधिकारीहरूको भनाइ रहेको छ ।

सरकारको यो पहलले गाउँ गाउँमा प्रशासनिक पहुँच विस्तार गर्दै नागरिकलाई नजिकबाट सेवा पुर्‍याउने अभियानलाई थप गति दिने विश्वास व्यक्त गरिएको छ।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img