spot_img

विश्व हिन्दु महासंघ बैतडीको संयोजकमा पूर्व नगरप्रमुख नरेन्द्रसिंह थापा

- Advertisement -

बैतडी : विश्व हिन्दु महासंघ बैतडीको जिल्ला संयोजकमा दशरथचन्द नगरपालिकाका पूर्व प्रमुख नरेन्द्रसिंह थापा मनोनित भएका छन्।

विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशका कार्यवाहक अध्यक्ष शिरोमणि कुमार ओझाका अनुसार थापालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो।

संघको विधान अनुसार थापालाई जिल्ला संयोजकमा मनोनयन गरिएको र संस्थाको हित प्रवर्द्धनका साथै धार्मिक तथा सामाजिक कार्यमा सक्रिय रहन भनिएको ओझाले जानकारी दिए। साथै जिल्ला अधिवेशन सम्पन्न गर्न पनि निर्देशन दिइएको छ।

विधानको परिधिमा रही प्रदेश समिति संग परामर्श गरी महासंघको नीति, निर्देशन, अनुशासन र मर्यादाको पालना गर्न थापालाई आग्रह गरिएको छ।

संस्थाले दिएको विश्वासलाई इमान्दारीपूर्वक वहन गर्दै धार्मिक, सामाजिक र सांस्कृतिक मूल्यमान्यता प्रवर्द्धनमा लाग्नेछु।र प्रदेश समितिसँग सहकार्य गरी महासंघको नीति र अनुशासन पालना गर्ने थापाले जानकारी दिनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img