बैतडी : नेपाल विद्युत प्राधिकरणको ४०औं बार्षिकोत्सवको अवसरमा बैतडी वितरण केन्द्रमा कार्यरत दुई कर्मचारीलाई ‘दीर्घ सेवा पदक’ प्रदान गरिएको छ। सम्मानित हुनेमा सुपरभाइजर माधवप्रसाद लेखक र फोरम्यान लोकराज लेखक रहेका छन्।
२० वर्षभन्दा बढी समय प्राधिकरणमा निरन्तर सेवा दिएका कर्मचारीलाई सम्मान गर्ने परम्परा अनुसार शुक्रबार काठमाडौंमा आयोजित समारोहमा उर्जा मन्त्री दिपक खड्का र कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दुवै जनालाई पदक तथा प्रशंसा पत्र प्रदान गरेका हुन्।
दीर्घकालीन सेवाप्रति कदरस्वरूप प्राप्त यो सम्मानले आफूहरुलाई अझै जिम्मेवारीपूर्वक काम गर्ने प्रेरणा दिएको सुपरभाइजर माधवप्रसाद लेखकले बताएका छन्।
दुवै जना कर्मचारी सन् २०६१ सालदेखि नेपाल विद्युत प्राधिकरणमा कार्यरत रहँदै आएका छन्।








