spot_img

सुदूरपश्चिममा रानाथारु समुदायले तीज मनाउँदै, दाजुभाइको दीर्घायुका लागि व्रत

- Advertisement -

धनगढी । सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बसोबास गर्ने रानाथारु समुदायले आइतबार हर्षोल्लासका साथ तीज पर्व मनाइरहेका छन् । अन्य समुदायमा महिलाहरूले श्रीमानको दीर्घायुका लागि तीजको व्रत बस्ने गरे पनि रानाथारु समुदायमा भने दाजुभाइ तथा भतिजाको सुस्वास्थ्य र लामो आयुको कामना गर्दै यो पर्व मनाउँछन् । 

श्रावण शुक्ल तृतीयाका दिन मनाइने यस पर्वमा महिलाहरू दिनभर निराहार व्रत बस्छन् । धनगढी उपमहानगरपालिका–८ का शिवु रानका अनुसार यो उनीहरूको मौलिक परम्परा हो ।

Shivam Cement

व्रतालु महिलाहरूले दिनभरको उपवासपछि साँझपख नदी किनारमा गएर विशेष पूजाआजा गर्ने गर्दछन् । पूर्व प्रदेश सभा सदस्य मालामती रानाका अनुसार, सावनको डोला (पिङ) मा प्रयोग भएको डोरी (मुरिया) र कुशबाट बनाइएको ‘झुरकी’ लाई नदीमा सेलाएर पूजा गर्ने परम्परा छ । विवाहित महिलाले सात गाँठो र अविवाहितले पाँच गाँठो पारेको झुरकी बनाएर सेलाउने गर्छन् ।

पूजा सकिएपछि घरपरिवारका सदस्यहरू जम्मा भएर सिमही, पुरी, गुलगुला, पकौडा जस्ता मिठा परिकारहरू खाने चलन छ । स्थानीय शिवराज रानाका अनुसार, व्रत बसेका दिदीबहिनी तथा फुपूहरूलाई दाजुभाइले आशीर्वाद दिने र दक्षिणा दिने गर्छन् ।

तीज आउनु केही दिन अघिदेखि नै गाउँघरमा सावनको डोला (पिङ) हालेर रमाइलो गर्ने चलन छ र यो क्रम तीजपछि पनि जारी रहन्छ । यस अवसरमा कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा कञ्चनपुरको पुनर्वास, लालझाडी, बेलौरी र कृष्णपुर नगरपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएका छन् ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img