back to top
Home मुख्य समाचार प्रशासन मन्त्रालयद्वारा बैतडीका चार पालिकामा अधिकृत खटाइयो

प्रशासन मन्त्रालयद्वारा बैतडीका चार पालिकामा अधिकृत खटाइयो

0
424

बैतडी: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बैतडी जिल्लाका चार गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेको छ।

लोक सेवा आयोगको सिफारिसअनुसार मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका शाखा अधिकृतहरूलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको हो।

मन्त्रालयले आधारभूत प्रशासन तालिम लिएका ३९औं ब्याचका १ सय १४ जना शाखा अधिकृतलाई देशभरका विभिन्न पालिकामा पठाएको छ। सोही निर्णयअनुसार बैतडीका सुर्नया, पञ्चेश्वर, दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा नयाँ अधिकृतहरूको पदस्थापन गरिएको हो।

यसअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतमार्फत सञ्चालन भइरहेका ती पालिकामा अब स्थायी नेतृत्व पुगेको छ।

मन्त्रालयका अनुसार, सुर्नया गाउँपालिकामा वसन्तबहादुर धानुक, पञ्चेश्वरमा दलबहादुर धामी, दोगडाकेदारमा नरेशराज जोशी, र डिलाशैनीमा देवराज चौधरीलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here