बैतडी:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बैतडीको दोगडाकेदार गाउँपालिका–३ मा वडा समिति गठन गरेको छ।
आइतबार सम्पन्न अधिवेशनले हरिदत्त भट्टको सभापतित्वमा नयाँ वडा समिति चयन गरिएको रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोजराज जोशी (क्वालिटी)ले जानकारी दिए।
गठित समितिमा उपसभापतिमा कपिल पाण्डेय, सचिवमा मोहनसिंह बिष्ट रहेका छन्। यस्तै सदस्यहरूमा जगदीश चन्द, मनोज बराल, गंगादत्त भट्ट, रमेश जोशी, खेमानन्द भट्ट र गम्भीरराम भुल चयन भएका छन्।
रास्वपाले यसअघि दोगडाकेदार–१, ५ र ६ मा पनि वडा अधिवेशन सम्पन्न गरिसकेको जनाइएको छ।
महामन्त्री जोशीका अनुसार पार्टीले पछिल्लो समय जिल्लाभर संगठन विस्तारमा तीव्रता दिँदै ‘मिसन ८४’ अन्तर्गत संगठन निर्माणको अभियान अघि बढाएको छ।










