बैतडी: सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा ‘द्वारिकादेवी ठकुरानी यू-१९ टी-२० प्रदेशस्तरीय महिला क्रिकेट प्रतियोगिता’ असार १२ गतेदेखि कैलालीको फाप्ला मैदानमा सुरु हुने भएको छ।
प्रतियोगितामा प्रदेशका आठ जिल्लाका टोली सहभागी हुनेछन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। असार १२ देखि १७ गतेसम्म लिग चरणका खेलहरू, असार १८ गते सेमिफाइनल र असार १९ गते फाइनल खेल हुनेछ।
विजेताले २ लाख, उपविजेताले १ लाख, तृतीयले ७५ हजार र सान्त्वना टोलीले ५० हजार पुरस्कार पाउनेछन्। उत्कृष्ट खेलाडी, ब्याटर, बलर र उदयीमान खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।










