बैतडी :दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक माध्यमिक विद्यालय गुरुखोलाको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अमरबहादुर टेर निर्वाचित भएका छन्।
बुधवार सम्पन्न अभिभावक भेलाबाट चयन गरिएका चारजना सदस्यसहित सात सदस्यीय समितिबाट टेरलाई अध्यक्षमा चयन गरिएको हो। सहमतिमा अध्यक्ष चयन हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट टेर निर्वाचित भएको विद्यालयका प्रधानाध्यापक तथा समितिका सदस्य–सचिव केशवदत्त भट्टले जानकारी दिनुभयो।
निर्वाचनमा टेरले चार मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भएका हुन्। अध्यक्षमा चयन भएपछि टेरले विद्यालयको चौतर्फी विकासका लागि सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सबै पक्षको सल्लाह र सुझावका आधारमा विद्यालयको समुन्नतिका लागि काम गर्ने बताउनुभयो।










