spot_img

आज गंगा दशहरा पर्व,पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी मनाइँदै

- Advertisement -

जेठ २२गते : जेष्ठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व। सनातन धर्ममा गंगा नदीले पृथ्वीमा अवतरण गरेको दिनको रूपमा यसको महत्त्व छ।

भगीरथले अनेकौँ प्रयास गरी यही दिन गंगालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ। १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइँदै छ।

दशहरा ज्येष्ठ शुक्ल प्रतिपदामा शुरु भई दशमीमा पूरा हुन्छ। यसमध्ये दशमीको विशेष महत्त्व रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए। सके दशैदिन स्नान गर्ने नसके दशमीका दिन स्नान गर्ने विधान छ। यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ।

रसुवाको गोसाइँकुण्ड नुवाकोटको वेत्रावतीलगायत दोभान तथा त्रिवेणीमा श्रद्धालुको घुइँचो लाग्छ। जल अर्थात् पानीको महत्त्व बुझ्ने यसलाई स्वच्छ राख्न सचेत गराउने पर्वको महत्त्व रहेको बताइन्छ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img