spot_img

डिआइजी विक द्वारा ,सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

- Advertisement -

कैलाली: प्रहरी नायव महानिरीक्षक (डिआइजी) डम्बर बहादुर विकले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण गरेका छन् । बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा हाजिर हुँदै कार्यालयको पदभार ग्रहण गरेका हुन ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका सिनियर प्रहरी अधिकृत, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कैलाली र कञ्चनपुर स्थित प्रहरी कार्यालयहरूका कार्यालय प्रमुखहरू तथा अन्य प्रहरी कर्मचारीहरूले स्वागत गरेका थिए।

पदभार ग्रहण कार्यक्रममा डिआइजी विकले सुदूरपश्चिम प्रदेशको शान्ति सु–व्यवस्था लगायत समग्र वस्तुस्थिति र प्रहरी जनशक्ति व्यवस्थापन सम्बन्धमा जानकारी लिएका थिए।

कार्यक्रममा बोल्दै उनले कार्यालय तथा मातहत समेतका प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक एवं पीडित मैत्री सहज र द्रुत प्रहरी सेवा, सुशासन, मानव अधिकारको संरक्षण, प्रहरीको आचरण र व्यवहारमा सुधार, भ्रष्टाचार नियन्त्रण र आर्थिक अनुशासन, लागू औषध तथा तस्करी नियन्त्रण, जुवा तास जस्ता गैर कानुनी क्रियाकलापहरू विरुद्ध शून्य सहनशीलताका साथ चुस्त दुरुस्त प्रहरी परिचालनका विषयमा योजनाबद्ध ढङ्गले प्रहरी कार्य अगाडि बढाउन निर्देशन दिएका थिए ।

डिआइजी बिक यसअघि प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोमा कार्यरत रहेका थिए । यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका डिआइजी गणेशबहादुर चन्द सेवा निवृत्त भएपछि उक्त पद खाली रहेको थियो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img