सुर्नया गाउँपालिकाले वडा सदस्य दानसिंह ऐरीको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आज शोक बिदा दिएको छ।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित निङ्गलाशैनी खेलमैदानमा पाँचदिने निःशुल्क योग विज्ञान शिविर सञ्चालन हुने भएको छ।
मुलुकको सुदूरपश्चिम क्षेत्रमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको स्थापना हुनु शैक्षिक संरचना थपिनु मात्र होइन, नेपालको स्वास्थ्य प्रणालीलाई रूपान्तरण गर्ने बलियो ऐतिहासिक आधार पनि हो ।
डडेलधुरा सदरमुकामको अमरगढी नगरपालिकाले योजना निर्माण गर्न ठाउँ दिन नसक्दा करोडौँ रुपियाँ बराबरको योजनाको काम सुरु हुन सकेका छैनन् ।
बैतडीको डिलाशैनी गाउँपालिका–५ घर भई सेटीगाउँ माध्यमिक विद्यालय ककरपाखामा कार्यरत शिक्षक मानसिंह बोहरामाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
गृह मन्त्रालयको सचिवस्तरको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय बैतडीमा कार्यरत नायब सुब्बा बिष्टलाई इलाका प्रशासन कार्यालय पुर्चौंडीको प्रमुखका रूपमा जिम्मेवारी दिइएको हो।
बैतडीमा अवैध रूपमा भन्सार छलेर भित्र्याइएका अखाद्य सामग्री नष्ट गरिएको छ। गएको चैत २९ गते सशस्त्र प्रहरीले पञ्चेश्वरको विनायक घाटबाट नेपालतर्फ ल्याउँदै गरेको करिब २१ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामग्री बरामद गरेको थियो।
भरुवा बन्दुक पड्किँदा घाइते भएका सूर्नया गाउँपालिका–२ का वडा सदस्य दानबहादुर ऐरीको उपचारका क्रममा निधन भएको छ ।
मनसुनको समयमा हुन सक्ने प्राकृतिक विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ ।
सरकारले स्थानीय तह स्थापना भएको करिब एक दशकपछि २०८४ सालको निर्वाचन अगावै स्थानीय तहको सङ्ख्या र सिमाना पुनः हेरफेर गर्ने तयारी गरेको छ। भौगोलिक रूपमा असन्तुलित वडा, सेवा पहुँचमा कठिनाइ, र अन्तरपालिका/अन्तरजिल्ला विवाद बढेपछि पुनःसंरचना आवश्यक देखिएको हो।



















