चैत १२ गते ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । पछिल्लो पटक मूल्य वृद्धि गरेको ११ दिन नबित्दै निगमले हिजो मध्यरातदेखि...
चालु आर्थिक वर्षमा बैतडीमा ८७ जना नयाँ क्षयरोगका बिरामी फेला परेका छन्। स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र सिंह कार्कीका अनुसार यस वर्ष ६६ पुरुष र २१ महिला गरी ८७ जना बिरामी उपचाररत रहेका छन्।
परम्परागत ढड्डा हाजिरी रजिस्टरलाई विस्थापित गर्दै गाउँपालिकाले सुशासन, पारदर्शिता तथा आधुनिक प्रविधिको प्रयोग सुदृढ बनाउन डिजिटल हाजिरी प्रणाली कार्यान्वयनमा ल्याएको हो।
सानो चिराबाट गरिएको शल्यक्रिया सफल भएपछि बिरामीले छिटो हिँडडुल गर्न सक्ने र उपचार अवधि पनि कम हुने चिकित्सकहरुको भनाइ छ । अस्पतालका प्रमुख डा. अरविन्द जोशीले उक्त प्रविधिबाट गरिएको यो शल्यक्रिया बैतडी अस्पतालका लागि पहिलो भएको बताउनुभयो ।
सुदूरपश्चिम प्रदेशमा हाल ३ हजार ८१२ जना एचआइभी संक्रमित उपचारमा रहेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा ती संक्रमितहरूले एआरटी (एन्टिरिट्रोभाइरल थेरापी) औषधि सेवन गरिरहेको जानकारी दिइएको हो।
बैतडीको पाटनमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र डेढ वर्षदेखि पशु चिकित्सकविहीन हुँदा पशु स्वास्थ्य सेवा प्रभावित बनेको छ।विशेषज्ञ चिकित्सक अभावमा पशुमा देखिने जटिल रोगको पहिचान तथा उपचारमा समस्या देखिएको हो ।
लामो समयदेखि परेको खडेरीपछि भएको हिउँदे (बेमौसमी) वर्षाले बैतडीका किसानमा उत्साह थपिएको छ । समयमा वर्षा नहुँदा बाली सुक्ने चिन्तामा रहेका किसानले वर्षासँगै राहत महसुस गर्न थालेका छन् ।
बैतडी चैत ७ गते । बैतडीको झ्याउलेक मोडस्थित जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि बैतडीमा तीव्र तयारी भइरहेको छ। जिल्लाभरबाट चार हजार ५५१ जना विद्यार्थी परीक्षा दिन तयारी अवस्थामा रहेका छन्। आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने परीक्षामा जिल्लाका १४२ वटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी हुनेछन्।
आज, भोलि र पर्सि मेघगर्जन–चट्याङ्ग, हावाहुरी, असिनासहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।