spot_img

निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीमा भव्य जात्रा

- Advertisement -

केशवराज भट्ट वाशुलिङ बैतडी असोज ९ गते।
बैतडीको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा सुरु भएको छ। भाद्र शुक्ल द्वादशीदेखि सुरु भएको जात्रा चतुर्दशीका दिन मुख्य मेला लागेसँगै विशेष हुने गर्दछ।

निङ्गलाशैनी भगवती मन्दिर व्यवस्थापन समितिका अनुसार शुक्ल द्वादशीका दिन मन्दिरको भण्डार घरबाट भण्डार ल्याएर पूजाआजा गरेपछि जात्रा सुरु हुने परम्परा छ। जात्राका लागि भक्तजन द्वादशीदेखि नै मन्दिरमा पुगेर तीन रात जाग्राम बस्ने गरेका छन्।

मन्दिरका पुजारी लोकराज भट्टका अनुसार द्वादशीदेखि नै भक्तजनको उपस्थितिसँगै मन्दिर क्षेत्रमा धार्मिक गतिविधि बढेको छ। अनन्त चतुर्दशीको दिन विशेष पूजाआजा तथा दर्शनका लागि बैतडीका विभिन्न क्षेत्रसँगै जिल्ला बाहिरबाट समेत भक्तजन आउने गरेका छन्।

चतुर्दशीको जात्रामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरी समुदायले छुट्टाछुट्टै जात्रा ल्याउने परम्परा छ। परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको विश्वाससँग जोडेर दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन रहिआएको स्थानीय तिलक बोहराले बताउनुभयो ।

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चार पटक जात्रा लाग्ने गर्दछ। महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्य पूर्णिमामा लाग्ने मेलामा भने बलि दिने प्रचलन छैन।

धार्मिक रूपमा महत्वपूर्ण मानिने मेलामा बैतडीका विभिन्न क्षेत्रका साथै सीमावर्ती भारतीय क्षेत्रबाट समेत दर्शनार्थी आउने गरेका छन्। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूरा हुने जनविश्वासका कारण जात्राका बेला मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको स्थानीय बताउँछन्।

जात्रालाई व्यवस्थित र मर्यादित बनाउन यस वर्ष देहीमाण्डौं क्षेत्रलाई मेला अवधिभर मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ। मदिरा सेवन तथा बिक्रीवितरणका कारण जात्रास्थलमा विभिन्न किसिमका विकृति र विवाद निम्तिन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको दशरथचन्द नगरपालिका–२ का वडाध्यक्ष सूर्य बोहराले बताउनुभयो।

जात्रामा धार्मिक पूजाआजासँगै स्थानीय कला र संस्कृति पनि प्रस्तुत हुने गर्दछ। निङ्गलाशैनी माताको मूर्तिमा पिठो, चन्दन, अक्षता तथा फूलपाती चढाउने परम्परा छ। मेला भर्न पुगेका स्थानीयले ठाडोखेल, धुमारी, ढुस्को र डेउडा खेल खेल्ने गरेका छन्।

जात्राले स्थानीय उत्पादनको व्यापारलाई समेत चलायमान बनाउने गरेको छ। मेलामा विभिन्न किसिमका दाल, ओखर, केरा, अम्बा, डोका, नाम्ला लगायत स्थानीय उत्पादनको कारोबार हुने स्थानीय व्यापारी भुवन बोहराले बताउनुभयो। सीमावर्ती भारतबाट समेत व्यापारी आउने र मिठाई तथा जेलेबीको व्यापार गर्ने गरेको स्थानीय व्यापारी अमन भट्टले जानकारी दिनुभयो।

तर, यस वर्ष लगातारको वर्षाका कारण जात्रा तथा मेलामा केही असर पर्न सक्ने भन्दै स्थानीय चिन्तित छन्। वर्षाका कारण दर्शनार्थीको आवागमन तथा व्यापार व्यवसायमा समेत प्रभाव पर्न सक्ने वहाँहरुको भनाइ छ।
जात्रा भोली १० गते पुर्णिामाको बेलुका समाप्त हुनेछ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img