spot_img

निस्दीमा १५ शय्याको आधारभूत अस्पताल भवन उद्घाटन

जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा निर्माण भएको भवन निर्माण व्यवसायीले हस्तान्तरण गरेपछि सोमबार उद्घाटन गरिएको हो ।

- Advertisement -

रामपुर (पाल्पा), असोज ५ गते । निस्दी गाउँपालिकामा १५ शय्या (बेड) क्षमताको आधारभूत अस्पताल भवन उद्घाटन गरिएको छ । जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा निर्माण भएको भवन निर्माण व्यवसायीले हस्तान्तरण गरेपछि सोमबार उद्घाटन गरिएको हो ।

रविना र प्रकृति जेभी रुपन्देहीले २०७८ जेठ १३ गते १६ करोड ९३ लाख २४ हजार ६२८ रुपियाँमा निर्माण सम्झौता गरी चार पटकको म्याद थप पश्चात गत असार २१ गते भवन निर्माण सम्पन्न गरेको थियो । भवनको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनले  दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन भौतिक पूर्वाधारसँगै पर्याप्त जनशक्ति, औजार तथा उपकरणको व्यवस्थापन आवश्यक रहेको बताउनुभयो । अस्पतालका लागि एक जना चिकित्सक र एक जना स्टाफ नर्स पठाउने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री पुनले दुर्गम क्षेत्रमा चिकित्सक टिकाइराख्नु अर्को महत्वपूर्ण चुनौती रहेको बताउनुभयो ।

जनशक्ति मात्रै पठाएर स्वास्थ्य सेवा प्रभावकारी नहुने भन्दै उहाँले उपचारका लागि आवश्यक औजार तथा उपकरणको समेत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य क्षेत्र संवेदनशिल भएको बताउँदै राज्यले गरेको निर्णय कार्यान्वयन तीनै तहको सरकारले एउटै  लयमा अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।

मन्त्री पुनले स्वास्थ्य सेवा प्रवाहमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर सङ्घ, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय आवश्यक रहेको स्पष्ट पार्नुभयो । तीनै तहका सरकार एउटै लयमा अघि बढेमा दुर्गम क्षेत्रका नागरिकले पनि गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने उहाँको भनाइ थियो। “खानेपानी अलिकति गाग्रामा बोकेर खान सकिएला, तर स्वास्थ्य सेवा त्यसरी बोकेर पुर्‍याउन सकिँदैन,” मन्त्री पुनले भन्नुभयो। उहाँले प्रदेश सरकारले स्वास्थ्य सेवाका क्षेत्रमा सबै क्षेत्रलाई समदृष्टिले हेर्दै आवश्यक जनशक्ति, पूर्वाधार र उपकरण व्यवस्थापनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लुम्बिनी प्रदेश सभाका अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजु प्रसाद श्रेष्ठले भवन निर्माण सँगै जनशक्ति र प्रविधिको व्यवस्थापन गरी सञ्चालनमा ल्याउनु आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय सर्ने भन्दा पनि नसर्ने रोगको समस्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सचेतनाका कार्यक्रम आवश्यक रहेको बताउनुभयो । “अस्पतालमा आउने बिरामीलाई गुणस्तरीय सेवा दिनु हाम्रो कर्तव्य हो । त्यो भन्दा पनि बढी हामीले रोग लाग्नै नदिनका लागि सचेतनाको कार्यक्रम गर्नु आवश्यक छ ।” अस्पतालको व्यवस्थापनको लागि प्रदेश पहल गर्दै आएको बताउनुभयो ।

निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गाउँपालिकाले स्तरीय स्वास्थ्य सेवा सञ्चालनका लागि स्वास्थ्य संस्थाको स्तरोन्नतिमा लगानी गर्दै आएको बताउनुभयो । अस्पताल सञ्चालनका लागि प्रदेश र सङ्घ सरकारसँग समन्वय गर्दै अघि बढ्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले प्रसूती सेवाको लागि पनि रामपुर, तानसेन लगाएतका स्थानमा जानू पर्ने अवस्था रहेको स्मरण गराउँदै यथाशिघ्र अस्पतालमा पूर्ण सेवा सञ्चालन आवश्यक रहेको बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्ण बहादुर चितौरेले गाउँपालिकाले अस्पताल व्यवस्थापनका लागि चालु आर्थिक वर्षमा ८० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

नेपाली कम्युनिष्ट पाटी (नेकपा) पाल्पाका अध्यक्ष नेत्र पाण्डेले भवन निर्माण भएपनि अस्पताल सञ्चालनका लागि उपकरण र जनशक्ति महत्वपूर्ण हुने बताउनुभयो । नेकपा एमाले निस्दीका अध्यक्ष राम बहादुर पाटाले उपचारको लागि टाढा जानू पर्ने अवस्था रहेकोमा अस्पतालले पूर्णता पाएको दिन मात्र जनताले राहतको महशुस गर्ने बताउनुभयो ।  नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि शालिकराम पाण्डेले अस्पतालको दिगो सञ्चालनको लागि स्थानिय स्तर बाटै जनशक्ति तयार गर्न तर्फ स्थानीय तह अग्रसर हुनु आवश्यक रहेको बताउनुभयो ।

निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले भवन निर्माणसँगै चिकित्सक र उपकरणको लागि पहल गर्न अनुरोध गर्नुभयो । स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिशाले भवन निर्माण सम्पन्नसँगै अस्पताल सञ्चालनको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन पेस गर्ने तयारी भइरहेको बताउनुभयो ।

गाउँपालिकाका इन्जिनियर सञ्जय खनालले भवन निर्माण २८ महिनाभित्र सम्पन्न गर्नुपर्ने भएपनि भौगोलिक जटिलता र पुनः भेरिएसन गर्पर्दा चार पटक म्याद थप्नुपर्ने अवस्था आएको बताउनुभयो । भवन निर्माण सम्पन्न हुँदासम्म लागत १८ करोड २५ लाख १० हजार ८५ रुपियाँ पुगेको जानकारी दिनुभयो । दुई तले भवनमा र्‍याम्प र लिफ्टसहित ५७ वटा कोठा रहेको छ । भवन सम्पन्न भए पनि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापन नभएसम्म तत्कालको लागि मित्याल स्वास्थ्यचौकीको सेवा भवन बाटै प्रारम्भ गरिएको छ ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

शिक्षक नियुक्तिको विषयमा विद्यालयमा तालाबन्दी

0
पाटन नगरपालिका–१० स्थित ब्रह्म आधारभूत विद्यालयमा शिक्षक नियुक्तिको विषयलाई लिएर तालाबन्दी गरिएको छ ।

बैतडी जिल्ला भलिबल संघको अध्यक्षमा बिष्ट

0
जिल्ला भलिबल संघ बैतडीको अध्यक्षमा बसन्तप्रकाश बिष्ट चयन हुनुभएको छ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img