spot_img

कांग्रेसको ताप्लेजुङका ६१ वटै वडामा सर्वसम्मत नेतृत्व चयन

- Advertisement -

ताप्लेजुङ, असोज ६ गते । नेपाली कांग्रेसले ताप्लेजुङका ६१ वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । आइतबार र सोमबार सम्पन्न भएको वडा अधिवेशनमार्फत कांग्रेसले जिल्लाका सबै वडामा नयाँ नेतृत्व चयन गरेको हो ।

काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार ६१ वटै वडामा वडा कार्यसमितिको नेतृत्व सर्वसम्मत चयन भएको छ । जिल्लाका अधिकांस वडामा आइतबार नै वडा अधिवेशनहरु सम्पन्न भएका र बाँकी रहेको वडामा सोमबार अधिवेशनहरु सम्पन्न गरिएको जिल्ला सभापति तुम्याहाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार केही वडाहरुमा नेतृत्वका लागि एक जनाभन्दा बढीले आकाङ्क्षा देखाए पनि आपसी समन्वय र समझदारीमा नेतृत्व सर्वसम्मत नै चयन गर्न वडा अधिवेशनहरु सफल भएका छन् ।

वडा अधिवेशनहरु सम्पन्न भएसँगै अबको बुधबार पालिका अधिवेशन र शनिबार महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रदेश निर्वाचन क्षेत्रस्तरीय अधिवेशन गर्ने तयारी रहेको सो पार्टीले जनाएको छ । ताप्लेजुङमा नौ वटा स्थानीय तह र दुईवटा प्रदेश निर्वाचन क्षेत्र रहेका छन् ।  

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img