spot_img

जिल्ला अस्पतालमा दुई चिकित्सक थपिए, अब बैतडीमै स्त्रीरोग विशेषज्ञ सेवा संचालन

- Advertisement -


बैतडी फागुन १४ गते ।

जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हाजिर हुनुभएको छ।

स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर रामकुमार यादव र मेडिकल अधिकृत डाक्टर निश्चल ज्ञवाली मंगलबार बैतडी अस्पतालमा आउनु भएको हो ।

उहाँहरुले मंगलवार देखि नै जिम्मेवारी थालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताउनुभयो ।

स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर यादव प्रदेश सरकारको परामर्श सेवा र मेडिकल अधिकृत ज्ञवाली छात्रवृत्ति करारबाट बैतडी अस्पतालमा हाजिर भएकाे मेसु डाक्टर विकले बताउनुभयो ।

अब जिल्ला अस्पताल बैतडीमा २ विशेषज्ञ, १ डेन्टल र ६ मेडिकल अधिकृत गरी जम्मा ९ जना डाक्टर कार्यरत रहनु भएको छ ।

डाक्टर यादवले कामकाज थाल्नु भएसँगै बैतडी अस्पतालबाट स्त्री तथा प्रसूति रोग सम्बन्धी जाँच र उपचार गर्न थालिएको छ ।

विशेषज्ञ डाक्टरको अभावमा डडेलधुरा र धनगढी तथा भारतको पिथौरागढ जानुपर्ने बाहयत रहेकोमा स्त्री रोग उपचार सेवा संचालनमा आएपछि बैतडीका बिरामीले जिल्लामै सहज सेवा पाउने अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताउनुभयो ।

- Advertisment -spot_img

सेयर गर्नु हाेस

हिमाल भट्ट
हिमाल भट्टhttps://hemantbhatt.com.np
बाशुलिङ मिडियाकाे Wed Developer तथा Graphics Designer हुँ । म यस मिडियाकाे संवाददाता हुँ - समाचार लेखन, फोटोग्राफी र भिडियोग्राफीमा सक्रिय। सुदूरपश्चिम क्षेत्रका स्थानीय समाचार र घटनाहरू डिजिटल माध्यमबाट जनतासम्म पुर्‍याउने प्रयासमा निरन्तर लागिरहेको छु ।
- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

लेखकबाट थप

पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्ध बाटोमै बेहोस पछि मृत्यु

0
बैतडीमा पेन्सन बुझ्न जाँदै गरेका बैतडीका एक वृद्धको बाटोमै बेहोस भएपछि उपचारका क्रममा मृत्यु भएको छ ।

मन्त्रीपरिषद्को पाँच निर्णय सार्वजनिक

0
सरकारले सोमबार बसेको मन्त्रीपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक गरेको छ ।
-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img