spot_img

“इजा” — आमाको पसिना र प्रेमको अमर गान

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
- Advertisement -

आमा भनेको के हो? — यो प्रश्नको उत्तर शब्दमा दिन गाह्रो छ। तर ॐ भट्टले आफ्नो “इजा” कवितामा त्यही कठिन उत्तरलाई अत्यन्त सरल र मार्मिक ढंगले प्रस्तुत गरेका छन्। धौडा खोलाको पानी, खर्सुनको सुप्ल्या, र पेटिकोटको धडोमा बेरिएको आमाको जिन्दगीलाई कविले जुन दृष्टिले हेरेका छन्, त्यसले पाठकको मन छोइदिन्छ।

कविता — इजा

तम धौडा खोलाको पानी द्यारी का दरुवा कसरी बोक्न्थ्या इजा,
दुई भुइसान को पर्सो इतनी मौकी जातरा तम कसरी पिसन्थ्या !!
प्राभातै उठिबेर हम त सियाइ हन्थ्यारे तम घाँस जान्थ्या इजा,
आगो लै बाल्लुइ हुन्थ्यो रे भोकाइ पेट तम कसरी हिटन्थ्या !!!
घाँस काट्टाकी सुप्ल्या खर्सुन किल्या मानाकोट झान पडन्थ्यो त तमरा खुट्टान मुडि चप्पल लै नाइ हन्थ्या रे तम कसरी हिट्न्थ्या,
सौन को तौडो खम्याइनको चिमटो तमरा पिठि कि भारी इजा !!
हम्म्त अच्याल रिताइ लै नाइ हिट्ट सक्कदा रे तम कसरी हिट्न्थ्या,
वर्षौँसम्म दुःख लुकाइबरे आँसु पुछिबरी लै तम हास्न्थ्या इजा !!!
तमरा रहर सबै बिसरि बरि लै हम्म कि लेखा तम कसरी हासन्थ्याआज बुज्या इजा तमरा आँशु र पसिना भित्र प्रेम रहेछ, इजा !!
पेटिकोटको धडोलै फिरफिर्या बिलोजले तम जाडी कसरी काटन्थ्या ……
                                                                                                     — ॐ भट्ट

यो कविता पहाडी समाजकी आमाहरूको अनकहिएको पीडा र अनन्त ममताको प्रतीक हो। भट्टले आफ्नी आमाप्रतिको श्रद्धा र कृतज्ञता यी शब्दहरूमा अत्यन्त सच्चाइका साथ व्यक्त गरेका छन्।

-जनहितमा जारी सन्देश-spot_img

सेयर गर्नु हाेस

- बिज्ञापन -spot_img
सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-जनहितमा जारी सन्देश-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img

ट्रेन्डिङ

-लाेक कल्याणकारी बिज्ञापन-spot_img
-लाेक कल्याणकारी बिज्ञापन-spot_img